फिल्म थ्री इडियट्सका वरिष्ठ अभिनेता अच्युत पोतदारको निधन « Khabarhub

फिल्म थ्री इडियट्सका वरिष्ठ अभिनेता अच्युत पोतदारको निधन


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ अभिनेता अच्युत पोतदारको ९१ वर्षको उमेरमा निधन भएको छ । मराठी र हिन्दी फिल्ममा दर्जनौं प्रमुख भूमिकामा देखिएका पोतदारलाई विशेष गरी आमिर खानको ब्लकबस्टर फिल्म थ्री  इडियट्स मा प्राध्यापकको भूमिकाले घरघरमा परिचित बनाएको थियो ।

मंगलबार बिहानै इन्टरनेटमा उनका निधनको खबर फैलिँदा फिल्म प्रेमी र शुभचिन्तकहरू स्तब्ध भए । पोतदार लामो समयदेखि बिरामी थिए र १८ अगस्टमा मुम्बईको ठाणेस्थित ज्युपिटर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  मृत्युको ठ्याक्कै कारण खुल्न नसकेको भए पनि, उमेर सम्बन्धी स्वास्थ्य समस्या मुख्य कारण रहेको रिपोर्टमा उल्लेख छ । उनको अन्तिम संस्कार आज ठाणेमा हुनेछ ।

पोतदार बलिउडमा ४४ वर्षको उमेरमा प्रवेश गरेका थिए। चरित्रमुखी भूमिकामा ख्यातिप्राप्त उनी ३ इडियट्स मा प्राध्यापकको भूमिकाका लागि सबैको सम्झनामा बस्न सफल भए।

आमिर खानको पात्र रान्चोसँगको संवाद, जहाँ उनले ‘कहना क्या चाहते हो?’ भनेका थिए, जुन अझै पनि इन्टरनेटमा मिम्सको रूपमा लोकप्रिय छ ।

उनले बलिउड र मराठी फिल्ममा लगे रहो मुन्ना भाइ, भूतनाथ, दबंग २, हम साथ–साथ हैं, वास्तव: द रियालिटी जस्ता फिल्ममा काम गरेका थिए ।

सन् २०१६ मा रिलिज भएको प्रियंका चोपडाले निर्माण गरेको मराठी फिल्म भेन्टिलेटर मा पनि उनको अभिनयलाई सराहना गरिएको थियो ।

अच्युत पोतदारले आफ्नो करियरमा १२५ भन्दा बढी बलिउड फिल्म, ९५ टेलिभिजन सिरियल, २६ नाटक र ४५ विज्ञापनमा काम गरिसकेका थिए। उनका विविध भूमिकाले बलिउड र मराठी फिल्म उद्योगमा स्थायी छाप छोडेको छ ।

अच्युत पोतदारको निधनले बलिउड र मराठी फिल्म उद्योगमा गहिरो क्षति पुर्‍याएको छ । उनका प्रशंसक र सहकर्मीहरू आज उनको अभिनय, सरलता र मुस्कानलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : ०२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५