विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग | Khabarhub Khabarhub

विद्यार्थीलाई स्वदेशमै राख्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यको माग


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा विद्यार्थी विदेश जाँदा नेपालका क्याम्पस खाली देखिन थालेकाले स्वदेशमै बस्ने वातावरण बनाउन राष्ट्रियसभाका सदस्यहरूले जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सदस्य सदस्य भुवनबहादुर सुनारले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थी विदेश गएका कारण क्याम्पसमा झार उम्रन थालेकाले नेपालमै बसेर पढ्ने वातावरण बनाउन माग गरे । देशमै केही हुन्छ भन्ने भावनाको विकास गरी विदेश जाने विद्यार्थीलाई रोक्नुपर्ने उनीहरूको भनाइ थियो ।

सदस्य नारायणदत्त भट्टले गौरीफन्टा नाका यथाशीघ्र सञ्चालन र झुलाघाटको पुल निर्माणका लागि प्रधानमन्त्रीको भारत भ्रमणका बेला प्रक्रिया अघि बढाउन माग गरे। ठूलो दल भएर पनि नेपाली कांग्रेसले त्याग गरेको उल्लेख गर्दै यसबाट पाठ सिक्न सबै दललाई आह्वान गरे ।

सदस्य गङ्गाकुमारी बेल्वासेले चाडपर्वको मौसम सुरू भएकाले पूर्व पश्चिम, उत्तर दक्षिणका सडक मार्ग मर्मत गर्न माग गरिन्। सडकमा बनेका खाल्डाखुल्डी पुरेर चाडबाडको आवागमन सहज बनाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराइन्। तातोपानी, रसुवागढी नाका बन्द भएको नाममा बजारमा विकृति देखिएकाले अनुगमन गरी बजारलाई सहज बनाउनुपर्ने पनि सांसद बेल्वासेको भनाइ थियो ।

सदस्य इन्दिरा गौतमले जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिएकी थिइन् । सकारात्मक कुरालाई पनि केही भएको छैन भनी गलत प्रचार गरिनु नहुने उनको भनाइ थियो ।
 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : ४४ बजे

फेवाताल संरक्षणमा सरकारले ध्यान दिइरहेको छ : मुख्यमन्त्री पाण्डे

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय आकर्षणको केन्द्रका रूपमा

हिजबुल्लाहलाई निःशस्त्र गर्ने प्रतिबद्धतापछि अमेरिकी दूतले इजरायलसँग युद्धविरामबारे छलफल गर्ने

बेरुत- लेबनानले हिजबुल्लाहलाई निःशस्त्र बनाउने अमेरिकी समर्थित योजनालाई समर्थन गरेपछि

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय