रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन « Khabarhub

रविबारे कांग्रेस सांसद भन्छन्- जेल ससुराली घरमा जस्तो मेजमानी खोज्ने ठाउँ होइन


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ– नेपाली कांग्रेस सांसद दुर्लभकुमार थापाले सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै जेलमा ससुराली घरमा जस्तो मेजमानी नपाइने बताएका छन् ।

मंगलबार हस्ताक्षर संकलनपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै भक्तपुरबाट निर्वाचित सांसद थापाले अहिले कांग्रेस र एमालेलाई सबै दोष लगाएर आफू मात्रै असल देखाउने प्रवृत्ति बढेको उल्लेख गरेका छन् ।

‘कांग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन् । पार्टी गतिलो छ भनेर कुन उदाहरण छ ?’, उनले सोधे, ‘व्यक्ति पनि एउटाको उदाहरण दिनुस् न। जेल भनेको ससुराली घर गएको जस्तो होइन नि ! ढोका टालेको छ, झ्याल टालेको छ ।’

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै परिवर्तनका लागि १४ वर्ष कालकोठरीमा बस्ने नेतामाथि अनेक आरोप लाउने गरिएको बताए । देशमा परिवर्तनका लागि जेल बस्नेलाई चोरको संज्ञा दिनेले अहिले ठग नै असल भएको भन्ने प्रवृत्तिलाई अस्वीकार्ने पनि थापाले बताए ।

उपसभामुख इन्दिरा रानामगरलाई हटाउन सोमबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदबाट हस्ताक्षर संकलन गरिएको छ । त्यही क्रममा थापा पनि सिंहदरबार छिरेका थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : ५० बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ