सामाजिक सञ्जाल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत | Khabarhub Khabarhub

सामाजिक सञ्जाल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाबाट ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
 
सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि सदस्यहरूले उठाएका सवालको जवाफ दिँदै उनले विधेयकमा दुई अर्थ लाग्ने शब्द र वाक्यको प्रयोग नगरिएको, त्यस्तो पाइएमा संशोधन गरिने प्रतिबद्धता जनाए। 

 मन्त्री गुरुङले संसारभर साइबर अपराध चुनौतीका रूपमा देखापरेकाले यसलाई समाधान गरिनुपर्ने बताए। अनलाइन सञ्चारमाध्यम धेरै भएकाले त्यसलाई नियमन गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न पनि यस्ता विधेयकले नियमन गर्नुपर्ने धारणा राखे । 

मन्त्री गुरुङले नयाँ खालको विधेयक भएकाले कसरी यसलाई व्यवस्थित गर्ने भन्ने विषयमा निष्कर्षमा पुगेर अघि बढाउनुपर्ने बताए । 
  
राष्ट्रियसभा सदस्यहरूले सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गरिनुपर्नेमा जोड दिएका थिए । सदस्य अञ्जान शाक्यले विभिन्न देशमा सामाजिक सञ्जाललाई नियमनका लागि गरिएका व्यवस्थाबारे जानकारी गराउँदै नेपालमा पनि बढ्दै गएका विकृति रोक्न विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गरे। विधेयक नियन्त्रणमुखी नभइ नियमनमुखी हुनुपर्ने उनको जोड थियो । 

 सदस्य घनश्याम रिजालले विधेयकका कतिपय प्रावधान नियमनमुखी नभइ नियन्त्रणमुखी भएकाले संविधानमा मौलिक हकका रूपमा व्यवस्था गरिएको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई नियन्त्रण गर्ने काम स्वीकार्य नहुने बताए। सदस्य सुरेशकुमार आलेमगरले नियमन आवश्यक भए पनि नियन्त्रण गर्न खोजिनु स्वीकार्य नहुने बताए।

सदस्य किरणबाबु श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने किसिमका विषय पनि विधेयकमा भएकाले यसलाई सुधार गरिनुपर्ने बताए। सदस्य डा वेदुराम भुसालले विधेयकमा उद्देश्य अनुसारका विषय नराखी नियन्त्रणमुखी बनाइनु दुःखद भएको बताए। ऐनसँग बाझिने गरी प्रत्यायोजन व्यवस्था गरिएको उनले सुनाए । 

सदस्य तारामान स्वारले यस विधेयकले अरु कानुनको अवहेलना गरेकाले त्यस्ता प्रावधान परिमार्जन गरिनुपर्ने बताउनुभयो । सदस्य गोपाल भट्टराईले विधेयक अभिव्यक्ति स्वतन्त्रतामा असर गर्ने केही विषय परिमार्जन गरिनुपर्ने बताए। 

सदस्य कृष्णप्रसाद अधिकारीले प्रयोगकर्ताको अधिकार सुरक्षित गर्नेभन्दा राज्यलाई नियन्त्रणमुखी बनाउन खोजेको, द्विअर्थी भाषाको प्रयोग भएकाले यसलाई परिमार्जन गरिनुपर्नेमा जोड दिए ।
 
सदस्यहरू सुमित्रा विसी, विष्णुबहादुर विश्वकर्मालगायतले सामाजिक सञ्जाललाई नियन्त्रण नभइ नियमन गरिनुपर्नेमा जोड दिए । 

सभाअध्यक्ष नारायण दाहालले विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सदस्यले विधेयक शाखामार्फत दर्ता गर्न सक्ने जानकारी गराएका थिए । राष्ट्रियसभाको अर्को बैठक भदौ ६ गत शुक्रबार १२ः१५ बजे बस्नेछ । 
 

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ६ : ०५ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको