सीमा क्षेत्रमा थप कडाइका साथ काम गर्न निर्देशन « Khabarhub

सीमा क्षेत्रमा थप कडाइका साथ काम गर्न निर्देशन


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नका लागि थप कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । 

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आज भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरूलाई सीमा सुरक्षासम्बन्धी विविध विषयमा कडाइका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । 

सीमा क्षेत्रमा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा वा शङ्का लाग्नासाथ कुनै पनि कमाण्डर छानबिन र कारबाहीको भागीदार बन्ने उनले चेतावनी दिए ।

हरेक कमाण्डर मुलुक, आमजनता र सङ्गठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको स्पष्ट पार्दै उनले असल कार्यका लागि मुख्यालयको आदेशको पर्खाइमा बस्नु नपर्ने बताए। 

महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा कार्य गर्दा अपनाउनुपर्ने आचरणका विषयमा समय-समयमा काउन्सिलिङ गर्दै आचरणविपरीत कार्य गर्ने माथि कठोर हुनसमेत निर्देशन दिए । सीमा क्षेत्रबाट हुने अवैध आवतजावत रोक्नका लागि र शङ्कास्पद व्यक्ति देखिएमा त्यसलाई विशेष निगरानी गर्न तथा सीमा क्षेत्रलाई व्यवस्थित गर्न सधैँ चनाखो बन्न पनि उनले निर्देशन दिए ।

सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरले त्यस क्रममा सीमा जोडिएका क्षेत्रका सबै बाहिनी मुख्यालय, गण, गुल्म तथा बीओपी कमाण्डरहरूलाई सीमा अपराध रोकथामका लागि सरोकारवाला सबै निकायसँगको समन्वय र सहकार्यमा कार्य गर्न आग्रह गरे।

कार्यक्रममा सीमासँग जोडिएका बाहिनी मुख्यालय प्रमुखहरूले हाल सीमा क्षेत्रमा भइरहेका कामकारबाहीसम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरेका थिए भने गण, गुल्म तथा बीओपी कमाण्डरले सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती र भावी योजनाबारे जानकारी गराएका सशस्त्र प्रहरी बल मुख्यालयले जनाएको छ । 
 

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ६ : १२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया