‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद | Khabarhub Khabarhub

‘युक्रेनी बालबालिकाको अपहरण’ बारे ध्यान दिएकोमा मेलानिया ट्रम्पलाई जेलेन्स्कीले दिए धन्यवाद


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘शान्ति पत्र’ लेख्दै ‘युक्रेनी बालबालिकाको अपहरण’ को मुद्दा उठाएकोमा धन्यवाद दिएका छन् ।

आफ्नो कृतज्ञता व्यक्त गर्दै उनले युद्धमा सबै कैदीहरूको आदानप्रदानका लािग सँग वार्ता गर्न काम गर्ने बताए ।

“म फ्लोटस (फस्र्ट लेडी अफ द युनाइटेड स्टेट्स) मेलानिया ट्रम्पलाई यस युद्धको सबैभन्दा पीडादायी र कठिन मुद्दामध्ये एक—रुसले युक्रेनी बालबालिकाहरूको अपहरण—मा ध्यान दिएकोमा धन्यवाद दिन चाहन्छु”, उनले मङ्गलबार एक्समा पोस्ट गर्दै लेखेका छन्, “हामी उहाँको करुणा र पुटिनलाई लेखिएको पत्रको गहिरो कदर गर्दछौँ । यो मुद्दा युद्धको मानवीय त्रासदीको मुटुमा छ—हाम्रा बालबालिकाहरू, टुटेका परिवार, अलगावको पीडा । कम्तिमा २० हजार बालबालिकालाई लगिएको छ । मैले राष्ट्रपति ट्रम्पलाई युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काबाट मेलानियालाई कृतज्ञता पत्र पठाउन आग्रह गरेको छु । उहाँको आवाज महत्त्वपूर्ण छ, र उहाँको हेरचाहले यस उद्देश्यलाई शक्ति दिन्छ ।”

जेलेन्स्कीले प्रत्येक बालबालिकालाई घर ल्याउने दिशामा अथक प्रयास गरिरहेको बताए ।

उनले भने, “यही कुरा हाम्रा युद्धबन्दीहरू र सन् २०१४ देखि रुसमा अत्यन्त खराब अवस्थामा राखिएका नागरिकहरूका लागि पनि लागू हुन्छ । हजारौँ मानिस अझै पनि मुक्त हुन आवश्यक छ—र यो शान्ति निर्माणको एउटा हिस्सा हो । हामी सबै युद्धबन्दीहरूको आदानप्रदानका लागि रूसँग वार्ता गर्नेछौँ र मद्दत गर्ने बलिया साथीहरू पाएकोमा आभारी छौँ ।”

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्टको जवाफमा पनि टिप्पणी गरे । मङ्गलबार ट्रम्पले उनी र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन ‘बेपत्ता बालबालिकाहरूको विशाल विश्वव्यापी समस्या’ बारे छलफल गरिरहेको बताएका छन् । ट्रम्पले यस विषयलाई प्राथमिकता भएको बताउँदै विश्वले बालबालकाहरूलाई परिवारमा फर्काउन काम गर्ने आशा व्यक्त गरे ।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “युरोपेली आयोगकी सम्मानित अध्यक्ष उर्सुला भोन डेर लेयन र मैले बेपत्ता बालबालिकाहरूको ठूलो विश्वव्यापी समस्या बारे छलफल गर्‍यौँ । मेरी श्रीमती मेलानियासँग पनि यो ठूलो विषय हो । यो सबै सूचीको शीर्षमा रहेको विषय हो र विश्वले यसलाई समाधान गर्न सँगै काम गर्नेछ, आशा छ उनीहरूलाई परिवारमा फर्काउन सकिन्छ !”

अगस्ट १५ मा मेलानिया ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई पत्र लेख्दै बालबालिका र भावी पुस्ताको सुरक्षाका लागि ‘यो समय हो’ भनेर आग्रह गरेकी थिइन् । पत्रमा भनिएको थियो, “यस्तो साहसी विचारले सबै मानवीय विभाजनलाई पार गर्छ ।”

यसअघि राष्ट्रपति जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका लागि युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काको पत्र राष्ट्रपति ट्रम्पलाई उपहार दिएका थिए ।

यो विकास डोनाल्ड ट्रम्प, युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति बीचको बहुपक्षीय बैठकपछि भएको हो ।

सप्ताहन्तमा ट्रम्प र पुटिनबीच भेट भएको थियो । त्यसपछि जेलेन्स्कीले ट्रम्पसँग भेट गरेका थिए ।

युरोपेली नेताहरू पनि वासिङ्टनमा युक्रेनसँग एकता देखाउन र युद्धपछिका सम्झौतामा बलियो सुरक्षा ग्यारेन्टीको वकालत गर्न आएका थिए ।

बैठकमा डोनाल्ड ट्रम्प, भोलोदिमर जेलेन्स्की, बेलायती प्रधानमन्त्री किर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी, जर्मनीका चान्सलर फ्रेडरिक मेर्ज, फिनल्यान्डका अलेक्जान्डर स्टब, नाटो महासचिव मार्क रुट र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन सहभागी थिए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ७ : २८ बजे

गृहमन्त्रीद्वारा कारागार व्यवस्थापन विभागको निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आज डिल्लीबजारस्थित कारागार व्यवस्थापन विभागको निरीक्षण

प्रधानमन्त्री कार्कीको भनाई हास्यास्पद : कमल थापा   

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू प्रधानमन्त्री हुन र

फिल्म ‘जेरी अन टप’ : पहिलो पटक भुवन र अनमोल एकै फिल्मको मुख्य कलाकार

काठमाडौं – नायक अनमोल केसीले फिल्म ‘जेरी अन टप’का आफू

पूर्वसभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा

विपिन जोशीको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– गाजामा मारिएका विपिन जोशीको सम्झनामा माइतीघर मण्डलामा दीप प्रज्वलन