युक्रेन जोगाउन अमेरिकी सैनिक जाँदैन : ट्रम्प « Khabarhub

युक्रेन जोगाउन अमेरिकी सैनिक जाँदैन : ट्रम्प


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग युद्धरत युक्रेनको सुरक्षा गर्न अमेरिकी सैनिक नपठाउने बताएका छन् ।

फक्स न्यूजसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गर्नुपर्ने काम गर्ने र रूससँग वार्ताका सन्दर्भमा लचिलोपना देखाउनुपर्ने पनि बताए ।

‘जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन कहिले सबैको असल मित्र बन्न सक्छन्, यो म भन्न सक्दिनँ’, ट्रम्पले भने, ‘आवश्यक निर्णय उनीहरूले नै लिने हो ।’

ट्रम्पलाई पुटिनसँगको भेटवार्तापछि अब जेलेन्स्कीसँगको सम्भावित बैठकबारे सोधिएको थियो । जवाफमा ट्रम्पले हिजोमात्रै पुटिनलाई फोन गरेको र आफू पुटिनको व्यवहार राम्रो हुनेमा आशावादी रहेको पनि बताए ।

उनले थपे, ‘यदि यस्तो भएन भने स्थिति थप कठिन हुनेछ ।’

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ०० बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर