एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल « Khabarhub

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा आफूबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका छन्। 

संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उनले विगतका निर्णय र कार्यहरूको गम्भीर समीक्षा हुने उल्लेख गर्दै व्यक्तिगत रूपमा पनि आत्मालोचना गरेका हुन्।

पौडेलले भनेका छन्, ‘विगतमा नेकपा (एमाले) ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुनेछ। व्यक्तिगत रूपमा आफ्नोतर्फबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु।’

उनले जेन(जी आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनीको निन्दा गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। पौडेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबाट शान्ति, सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चालिने अपेक्षा व्यक्त गरेका छन्। 

उनले तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने र आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

‘जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोसलाई बुझ्न नसक्नु र भ्रष्टाचार नियन्त्रणमा असफल हुनु नै जेन-जी आन्दोलनको मुख्य कारण हो’ उनले भनेका छन् । तर आन्दोलनका क्रममा भएको हिंसा पनि त्यत्तिकै निन्दनीय रहेको उनले बताएका छन् ।

उनले संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिनुपर्नेमा जोड दिँदै आपसी सद्भाव र एकताका साथ समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढ्न सकिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : ०० बजे

भेनेजुएलामा भूकम्पका कारण ५८ हजार भन्दा बढी भवनहरू क्षतिग्रस्त

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी नासा द्वारा प्रकाशित उपग्रह तथ्यांको प्रारम्भिक

विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था

काठमाडौं- सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा आवश्यक

सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा)– सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ मा अविरल वर्षापछि आएको पहिरोबाट

लागूऔषधसहित पाँच जना पक्राउ

विराटनगर- कोशी प्रदेश प्रहरीले लागूऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ

निजी क्षेत्रले डेढ वर्षमै बनायो प्रसारण लाइन

काठमाडौं– नेपालमा पहिलो पटक निजी क्षेत्रले उच्च क्षमताको २२० केभी प्रसारण