चितवनमा मनाइयो संविधान दिवस « Khabarhub

चितवनमा मनाइयो संविधान दिवस


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– शान्तिको प्रतीक परेवा उडाएर संविधान दिवस, २०८२ मनाइएको छ । संविधान दिवस मूल समारोह समिति चितवनले आज यहाँ दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो ।

मुलुकमा शान्तिको कामना गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा परेवा उडाए ।

कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरू, राजनीतिक दलका नेताहरूको सहभागिता थियो ।

त्यस अवसरमा कार्यालय परिसरमा वृक्षरोपण, झण्डोत्तोलनलगायतका कार्यक्रमहरू राखिएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संविधानको निरन्तरता र पालनाका लागि सबै लाग्नुपर्नेमा जोड दिए। 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ९ : ४० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको