सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली « Khabarhub

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

‘जेनजीको आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाए’


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत साता भएको जेनजीको आन्दोलनमामा षड्यन्त्रकारीले हिंसा मच्चाएको बताएका छन्। जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमा पहिलो पटक भनाइ सार्वजनिक गर्दै ओलीले यस्तो बताएका हुन्। ओलीले मृतकप्रति श्रद्दाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेका छन्। उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्न आदेश नदिएकोसमेत प्रष्ट पारेका छन्।

ओलीले भनेका छन्, ‘गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।’

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : ३८ बजे

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथांका– निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए

काठमाडौं– काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा