स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा « Khabarhub

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रयास भइरहेकाले केही दिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी छन् । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गौतमले अहिलेकै स्वरूपमा बीमा कार्यक्रम अघि बढ्न नसक्ने भएकाले यसलाई व्यवस्थित गर्ने प्रयास भएको र केही दिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी हुन् ।

उनले निःशुल्क पाइने उपचारमा समेत बिरामीलाई बीमामार्फत पैसा तिर्न बाध्य पार्दा स्रोतहरूको दुरुपयोग हुने सम्भावना पनि धेरै देखिएको धारणा राखिन् ।

मन्त्री गौतमले स्वास्थ्य कर कोषमा प्राप्त हुने रकम संविधानले नै किटेको अवस्थामा उक्त रकम समेत निकै न्यून मात्रामा प्राप्त भइरहेको गुनासो गरिन् ।  

कतिपय अवस्थामा औषधीको मूल्य पनि बीमातर्फ एकदम महँगो रेटमा राख्ने गरेकाले पनि धेरै बोझ पर्न गएकाले सुधारका कामहरू भइरहेको उनको भनाइ छ ।  

मन्त्री गौतमले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक समस्या हुन नदिने र मन्त्रालयका तर्फबाट हुनुपर्ने भुक्तानी नरोकिने स्पष्ट पारिन् । 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : २० बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ