संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल « Khabarhub

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्‍ठ समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । 

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, ‘शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रूपान्तरण गर्न आवश्यक छ ।’

अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन, अन्य न्यायप्रेमी आन्दोलनहरू साथै भर्खरै मात्र भएको जेन-जीको प्रदर्शन समेतमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने सम्पूर्ण सहिदहरूप्रति  श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु हाम्रो संविधानको विशेषता भएको उनको भनाइ छ ।

‘संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार त भएको छ तर अहिले पनि संविधान निर्माण गर्दा परिकल्पना गरिएको सुशासन र आर्थिक समृद्धि सहितको समुन्नत राष्ट्र निर्माणतर्फको यात्राले अपेक्षित गति लिन सकेको छैन’, सन्देशमा भनिएको छ ।  

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ९ : ०२ बजे

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथांका– निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका

स्वास्थ्य बीमा व्यवस्थित हुँदैछ, छिट्टै सकारात्मक परिणाम देखिन्छ : मन्त्री शर्मा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई

मूलपानीबाट समातिएको समूह : जसले सुन लुट्दा कुटपिट गर्दै कानसमेत चुँडाइदिए

काठमाडौं– काठमाडौंको मूलपानी क्षेत्रमा लुटपाटमा संलग्न समूहलाई नियन्त्रणमा लिने क्रममा