समीर स्टारर प्रतीक्षित फिल्म ‘बलिदान’को ट्रेलर एक्सन खुराकले भरिपूर्ण « Khabarhub

समीर स्टारर प्रतीक्षित फिल्म ‘बलिदान’को ट्रेलर एक्सन खुराकले भरिपूर्ण


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ । नायक समीर भट्ट केन्द्रीय भूमिकामा रहेको यस फिल्मको ट्रेलर निर्माण पक्षले शुक्रबार युट्युबमार्फत् सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा समीर हाबी छन् । ट्रेलरमा उनलाई पूर्णत एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

नायिका ऋचा शर्मा भने समीरको आमाको भूमिकामा रहेको ट्रेलरले प्रष्ट पारेको छ । फिल्मको कथा मधेशको परिवेशमा रहेको ट्रेलरले खुलाउँछ ।

ट्रेलरमा समीरको एक संवाद छ, ‘मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु।’

यसले फिल्मको कथा देशप्रेमसँग सम्बन्धित रहेको संकेत गर्छ । समीर र नायक सौगात मल्लको फाइटको दृश्य पनि ट्रेलरमा समावेश छ । यसले दर्शकलाई कौतुहलता जगाउन सक्छ ।

गाउँ जलिरहेको पृष्ठभूमिमा पारेर दजनौं खलनायकसँग समीरको भिडन्तको दृश्य यो ट्रेलरको मुख्य आकर्षण हो ।

युट्युबमा सार्वजनिक भएको एक घण्टामा नै ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ । केही दर्शकले यसलाई दक्षिण भारतीय फिल्मसँग तुलनासमेत गरेका छन् ।

नायक अर्पण थापा भने मधेशी नेताको भूमिकामा प्रस्तुत भएका छन् । उनले फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेको उनकै संवादबाट बुझ्न सकिन्छ ।

फिल्मका निर्देशकसमेत रहेका सन्तोष सेन ट्रेलरमा अटाएका छन् । उनको भूमिका रहस्यमयी छ ।

‘आसुसेन फिल्मस् प्रालि’को ब्यानरमा बनेको यो फिल्मको निर्माता पवन ब्राडफोर्ड विष्ट हुन् । दर्शन जीले यो फिल्म लेखेका हुन् ।

यो फिल्मले फूतपातीबाट अन्य तीन फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘अभिमन्यु’ बक्स अफिस प्रतिस्पर्धा गर्दै छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ३३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित