समीर स्टारर प्रतीक्षित फिल्म ‘बलिदान’को ट्रेलर एक्सन खुराकले भरिपूर्ण « Khabarhub

समीर स्टारर प्रतीक्षित फिल्म ‘बलिदान’को ट्रेलर एक्सन खुराकले भरिपूर्ण


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी फूलपाती अर्थात् असोज १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ । नायक समीर भट्ट केन्द्रीय भूमिकामा रहेको यस फिल्मको ट्रेलर निर्माण पक्षले शुक्रबार युट्युबमार्फत् सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा समीर हाबी छन् । ट्रेलरमा उनलाई पूर्णत एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

नायिका ऋचा शर्मा भने समीरको आमाको भूमिकामा रहेको ट्रेलरले प्रष्ट पारेको छ । फिल्मको कथा मधेशको परिवेशमा रहेको ट्रेलरले खुलाउँछ ।

ट्रेलरमा समीरको एक संवाद छ, ‘मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु।’

यसले फिल्मको कथा देशप्रेमसँग सम्बन्धित रहेको संकेत गर्छ । समीर र नायक सौगात मल्लको फाइटको दृश्य पनि ट्रेलरमा समावेश छ । यसले दर्शकलाई कौतुहलता जगाउन सक्छ ।

गाउँ जलिरहेको पृष्ठभूमिमा पारेर दजनौं खलनायकसँग समीरको भिडन्तको दृश्य यो ट्रेलरको मुख्य आकर्षण हो ।

युट्युबमा सार्वजनिक भएको एक घण्टामा नै ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ । केही दर्शकले यसलाई दक्षिण भारतीय फिल्मसँग तुलनासमेत गरेका छन् ।

नायक अर्पण थापा भने मधेशी नेताको भूमिकामा प्रस्तुत भएका छन् । उनले फिल्ममा खलपात्रको भूमिका निर्वाह गरेको उनकै संवादबाट बुझ्न सकिन्छ ।

फिल्मका निर्देशकसमेत रहेका सन्तोष सेन ट्रेलरमा अटाएका छन् । उनको भूमिका रहस्यमयी छ ।

‘आसुसेन फिल्मस् प्रालि’को ब्यानरमा बनेको यो फिल्मको निर्माता पवन ब्राडफोर्ड विष्ट हुन् । दर्शन जीले यो फिल्म लेखेका हुन् ।

यो फिल्मले फूतपातीबाट अन्य तीन फिल्महरु ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘अभिमन्यु’ बक्स अफिस प्रतिस्पर्धा गर्दै छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ३३ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान