जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू) « Khabarhub

जलेको घाउ मेटाउने प्रयास गर्दै सिंहदरबार (तस्बिरहरू)


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारले ठूलो क्षति भोग्नुपरेको छ।

सिंहदरबारभित्रै तैनाथ नेपाली सेनाले हात उठाएर बाहिरिएपछि यहाँ जेन-जीका नाममा विध्वंश भएको थियो ।

अर्कातिर केही सय मिटर दूरीको सिंहदरबारको आगो निभाउन काठमाडौँ महानगरपालिकाले पनि तत्परता देखाएन ।

बरू महानगरका प्रहरीलाई नेतृत्वले सडकमा पानी बाँड्दै खटाउन लगायो । सिंहदरबारमा चार दिनसम्म आगो बलिरहँदा पनि महानगरका दमकल आगो निभाउन निस्किएनन् ।

यहाँभित्रका विभिन्न मन्त्रालय र कार्यालयमा आगजनी भएको । मन्त्रालय मात्रै नभएर सयौँ सवारीसाधन र भौतिक संरचनामा तोडफोड र आगजनी गरिएको छ ।

आन्दोलनको एक सातापछि सिंहदरबार क्षेत्रमा आगजनी गरिएका सवारी साधन र क्षति पुगेका मन्त्रालयका भवन मर्मत रङरोगनको कामलाई अघि बढाइएको छ ।

जेन-जीका नाममा जलाइएको घाउमा मजदुरहरूअहिले रंगरोगनका लागि सक्रिय भएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : २२ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।