संविधानको पूर्ण पालना गरी सुशासन कायम गर्नुपर्छ : मुख्यमन्त्री सिंह « Khabarhub

संविधानको पूर्ण पालना गरी सुशासन कायम गर्नुपर्छ : मुख्यमन्त्री सिंह


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली जनताको ठूलो त्याग, तपस्या तथा बलिदानीबाट आएको सङ्घीयतासहितको वर्तमान संविधानको पूर्णपालना गरी देशमा सुशासन कायम गर्नुपर्ने बताएका छन् । 
 
मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा संविधान दिवस २०८२ का अवसरमा आज जनकपुरधाममा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले संविधानलाई मुलुकको स्थायित्व र समावेशी विकासको आधारका रूपमा व्याख्यासमेत गरे । 

साथै उनले वर्तमान संविधानले सबै वर्ग, जातजाति, समुदायलाई कानुनी रूपमा समान अधिकार दिलाउनका लागि विशेष योगदान गरेकाले यसको सुरक्षा आवश्यक रहेको बताए ।

सो अवसरमा मधेस प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानले लोकतन्त्रलाई संस्थागत गर्दै जनताको अधिकारलाई सुनिश्चित गरेको तथा सबैलाई समान अधिकार दिएको विचार व्यक्त गरे । 

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानले दिएको अधिकारमा रहेर सबैले मर्यादित भई आफ्नो अधिकारलाई पूरा गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । संविधान कार्यान्वयनमा सरकार तथा जनप्रतिनिधि दुवैले जिम्मेवारीपूर्वक तथा जनउत्तरदायी भएर काम गर्नुपर्ने उनको भनाइ थियो । 
 
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संविधानको सफल कार्यान्वयन तथा त्यसको पालनका लागि सुशासन र शान्ति सुरक्षा तथा उत्तरदायी सञ्चारको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको बताए ।

समारोहमा विभिन्न राजनीतिक पार्टीका नेता, सांसद तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा कार्यालयका कर्मचारीको सहभागिता थियो । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ४६ बजे

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६

आज २०८३ साल असोज १० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १० गते शनिबार सन् २०२६

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५