‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’ « Khabarhub

‘नेपालीबीच सद्भाव र एकता कायम गरौँ’


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मोरङ‍– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आमनेपालीबीच सद्भाव र एकता कायम गर्न आवश्यक रहेको बताएका छन्  । संविधान दिवस  एवं राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा  राष्ट्रिय झन्डोत्तोलन गर्दै उनले सबैमा शुभकामना व्यक्त गरे। 

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ प्रदेश सरकार मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा  मुख्यमन्त्री कार्कीले नेपाली जनताको सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानको भावनाअनुसार अगाडि बढ्न सबैलाई आग्रह गरे ।  
 
मुख्यमन्त्री कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना र विभिन्न अधिकार प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदानको कदर गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । 

उनले गत भदौ २३ र २४ मा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाको माग राखेर गरेको प्रदर्शनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउने युवाहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सरकारका मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ४ : २६ बजे

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध