पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना « Khabarhub

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । 

उनलाई काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरी उपचार भइरहेको छ । रुघा, खोकी, ज्वरोसँगै सास फेर्न गाह्रो भएपछि नेता नेपाललाई अस्पताल लगिएको हो । 

हाल उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको क्याबिनमा राखिएको छ । यद्यपि, उनको उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकहरूले गरिरहेका छन् ।

अस्पताल भर्ना भएका नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान अस्पताल पुगेका छन् । उनले चिकित्सकसँग भेट गरी नेता नेपालको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । 

चिकित्सकका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १२ : ४५ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ