अन्तरिम सरकार गठन र संसद् विघटन राष्ट्रपतिको स्वेच्छाले भएको हैन : कृष्णप्रसाद सिटौला « Khabarhub

अन्तरिम सरकार गठन र संसद् विघटन राष्ट्रपतिको स्वेच्छाले भएको हैन : कृष्णप्रसाद सिटौला


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अन्तरिम सरकार गठन र संसद् विघटन राष्ट्रपतिको स्वेच्छाले नभएको ठोकुवा गरेका छन्

बीपी चिन्तन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको मौजुदा संविधान र यसका चुनौतीहरू विषयक कार्यक्रममा सिटौलाले आन्दोलनका क्रममा देशभर आगजनी भएको र सुरक्षा निकाय समेत पछि हटेको अवस्थामा राष्ट्रपतिको स्वेच्छाले अन्तरिम सरकार गठन र संसद् विघटन नभएको बताएका हुन्  । 

उनले बाध्यता र परिवेशका कारण राष्ट्रपतिले अन्तरिम सरकार गठन र संसद् विघटन गर्नुपरेको जिकिर गरे । अहिले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुन्छ भनेर सोच्नु मूर्खताबाहेक केही नहुने उनले बताए । 

सिटौलाले अहिलेको अवस्थामा जनताको सर्वोच्चता कायम गरेको संविधानलाई सबै मिलेर जोगाउनुपर्ने आवश्यकता देखिएको धारणा राखे । त्यसका लागि सबै राजनीतिक दल र सरोकारवालाबीच बृहत् एकता गर्नुको विकल्प नरहेको उनको भनाइ छ । 

उनले जेन-जी आन्दोलनका नाममा संविधान विपरीतको काम भएको स्पष्ट पारे । सिटौलाले पार्टीभित्र पनि वादविवाद नगरी जनतालाई सर्वोपरि राखेर काम गर्न सक्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : १० बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका