सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले दियो खाद्यान्न सामग्री « Khabarhub

सहिद विजय चौधरीको परिवारलाई लहान नगरपालिकाले दियो खाद्यान्न सामग्री


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा– ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर सहिद भएका लहान–१५ सिमलटोकीका विजय चौधरीको परिवारलाई लहान नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार घरमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेका छन् । 

नगरप्रमुख चौधरीले लहान नगरपालिकाको तर्फबाट तत्काल राहतस्वरूप एक क्विन्टल चामल, पाँच किलो दाल, पाँच लिटर तेल र पाँच किलो नुन हस्तान्तरण गरेका हुन् । यसअघि बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख चौधरीले सहिद विजयको परिवारलाई एक लाख रुपैयाँ नगद राहत उपलब्ध गराउने घोषणा गरेका थिए । 

साथै, सहिद चौधरीकी चार वर्षीया छोरीको कक्षा १२ सम्मको शिक्षाको पूर्ण व्यवस्था गर्ने र श्रीमतीलाई योग्यताअनुसारको रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 
त्यस्तै लहान–१५ मै सहिद विजयको स्मृतिमा सहिद पार्क बनाउन पहल गरिने पनि उनले जानकारी दिए  । सो अवसरमा, पीडितपरिवारप्रति सहानुभूति प्रकट गर्दै सामाजिक संस्था ‘होप फाउन्डेसन’ की अभियन्ता पार्वती सुब्बाले पनि पीडित परिवारलाई घरमै पुगेर १० हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेकी छन् ।
 
गत भदौ २३ गते काठमाडौँमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि २७ वर्षीय विजय चौधरीको निधन भएको थियो । नौ दिनपछि यही मंगलबार उनको गाउँमा अन्तिम संस्कार गरिएको थियो । उनका आमाबुबा, एक दाजु र एक दिदी छन् ।
 
यसअघि सरकारले आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गरिसकेको छ । साथै मृतकका परिवारलाई प्रतिव्यक्ति १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : ५६ बजे

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध