जिरीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते « Khabarhub

जिरीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको जिरी नगरपालिकामा जंगली जनावर भालु आतङ्क दैनिक बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा यहाँ दुई जना भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । 

जङ्गल चार्दै बस्ती पुगेको भालुले बिहीबार र शुक्रबार दिउँसो दुई जना पुरुषलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाइते हुनेमा जिरी नगरपालिका वडा नम्बर-८ बस्ने ३८ वर्षीय दिलीप लामा रहेका छन् ।

शुक्रबार दिउँसो करिब १ बजे भालुखोप जंगलमा घाँस काट्न जाने क्रममा अचानक जङ्गली भालुको आक्रमणबाट उनी घाइते भएका थिए । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सीनाका अनुसार लामाको दायाँ हातको चोरी औँला भाँचिएको, पाखुरा, कुइना र टाउकोमा चोट लागेको छ भने बोल्न सक्ने मध्यम खालको अवस्था रहेको छ ।

घाइते लामालाई वैतेश्वरको मैनापोखरीस्थित स्थानीय दाहाल मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो भालुको आक्रमणबाट घाइते भएका सोही वडाका अर्का स्थानीय दावा शेर्पालाई पनि थप उपचारको लागि काठमाडौं रिफर गरिएको थियो । उनीहरू दुवै जनाको शरीरका विभिन्न भागमा भालुको आक्रमणबाट गम्भीर गहिरो चोट लागेको दाहाल मेडिकल सेन्टर मैनापोखरीका इन्चार्ज किशोर दाहालले जानकारी दिए । 

जङ्गल चार्दै जिरी पुग्यो भालु

गत महिना जिल्लाको गौरीशंकर गाउँपालिकामा पनि दुई जना भालुको आक्रमणबाट गम्भीर घाइते भएका थिए । गौरीशंकर-१ का चेतबहादुर कार्कीसहित सोही वडा अर्का एक स्थानीयलाई भालुले आक्रमण गरेको थियो । त्यस अघि पनि भालुको आक्रमण परेर एक जनाको मृत्यु भएको बुझिएको छ ।

असार र साउनमा गौरीशंकरको जुँगु र वैतेश्वरको एवो लगायतको क्षेत्रमा देखिने उक्त भालु अहिले स्थानीय जङ्गल चार्दै जिरी पुगेको स्थानीयहरू बताउँछन् । 

भदौ महिनामा गौरीशंकर तथा वैतेश्वरमा नदेखिएको उक्त भालु पछिल्लो केही दिन यता जिरीको वडा नम्बर-८ का स्थानीय जङ्गलमा देखिन थालेको र स्थानीयलाई आक्रमण गर्न थालेको स्थानीयहरू बताउँछन् । हिजोआज यहाँका स्थानीय भालुको आतंकबाट त्रसित छन् । 

स्थानीयहरू एक्लादुग्लै हिँडडुल गर्न, पानी पँधेरो, घरायसी काम दाउरा, घाँस, सोत्तर लगायतका काम गर्न समेत डराउनु पर्ने स्थिति रहेको बताउँछन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ६ : ३९ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस