जिरीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते « Khabarhub

जिरीमा भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको जिरी नगरपालिकामा जंगली जनावर भालु आतङ्क दैनिक बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा यहाँ दुई जना भालुको आक्रमणबाट गम्भीर घाइते भएका छन् । 

जङ्गल चार्दै बस्ती पुगेको भालुले बिहीबार र शुक्रबार दिउँसो दुई जना पुरुषलाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घाइते हुनेमा जिरी नगरपालिका वडा नम्बर-८ बस्ने ३८ वर्षीय दिलीप लामा रहेका छन् ।

शुक्रबार दिउँसो करिब १ बजे भालुखोप जंगलमा घाँस काट्न जाने क्रममा अचानक जङ्गली भालुको आक्रमणबाट उनी घाइते भएका थिए । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल्सीनाका अनुसार लामाको दायाँ हातको चोरी औँला भाँचिएको, पाखुरा, कुइना र टाउकोमा चोट लागेको छ भने बोल्न सक्ने मध्यम खालको अवस्था रहेको छ ।

घाइते लामालाई वैतेश्वरको मैनापोखरीस्थित स्थानीय दाहाल मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो भालुको आक्रमणबाट घाइते भएका सोही वडाका अर्का स्थानीय दावा शेर्पालाई पनि थप उपचारको लागि काठमाडौं रिफर गरिएको थियो । उनीहरू दुवै जनाको शरीरका विभिन्न भागमा भालुको आक्रमणबाट गम्भीर गहिरो चोट लागेको दाहाल मेडिकल सेन्टर मैनापोखरीका इन्चार्ज किशोर दाहालले जानकारी दिए । 

जङ्गल चार्दै जिरी पुग्यो भालु

गत महिना जिल्लाको गौरीशंकर गाउँपालिकामा पनि दुई जना भालुको आक्रमणबाट गम्भीर घाइते भएका थिए । गौरीशंकर-१ का चेतबहादुर कार्कीसहित सोही वडा अर्का एक स्थानीयलाई भालुले आक्रमण गरेको थियो । त्यस अघि पनि भालुको आक्रमण परेर एक जनाको मृत्यु भएको बुझिएको छ ।

असार र साउनमा गौरीशंकरको जुँगु र वैतेश्वरको एवो लगायतको क्षेत्रमा देखिने उक्त भालु अहिले स्थानीय जङ्गल चार्दै जिरी पुगेको स्थानीयहरू बताउँछन् । 

भदौ महिनामा गौरीशंकर तथा वैतेश्वरमा नदेखिएको उक्त भालु पछिल्लो केही दिन यता जिरीको वडा नम्बर-८ का स्थानीय जङ्गलमा देखिन थालेको र स्थानीयलाई आक्रमण गर्न थालेको स्थानीयहरू बताउँछन् । हिजोआज यहाँका स्थानीय भालुको आतंकबाट त्रसित छन् । 

स्थानीयहरू एक्लादुग्लै हिँडडुल गर्न, पानी पँधेरो, घरायसी काम दाउरा, घाँस, सोत्तर लगायतका काम गर्न समेत डराउनु पर्ने स्थिति रहेको बताउँछन् । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ६ : ३९ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र