पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

भैरहवा–  खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जना बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ ।  बिहीबार सिद्धार्थनगर नगरपालिका–९ गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक डुबेका हुन् । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार सोही दिन अबेर खबर भएकोले उद्धार र खोजी कार्य सम्भव नभएको हुँदा शुक्रबार बिहानैदेखि खोजी सुरु गरिएको थियो । 

सुरुमा वडा प्रहरी कार्यालय भैरहवा र स्थानीयको संयुक्त टोलीले खोजी गरे बेपत्ता बालकको भेटिएनन् । पछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय २७ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक खड्क केसीको नेतृत्वमा खटिएको १० जनाको विपद् व्यवस्थापन टोलीले बालकलाई खोलाबाट मृत अवस्थामा फेला पारेको थियो ।  

मृतक बालकको शवलाई परीक्षणको लागि भैरहवाको भीम अस्पतालमा पठाइ यसबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी कार्कीले जानकारी दिए । रासस
 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ६ : ४२ बजे

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग