सबैले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्छ : जीवन राई « Khabarhub

सबैले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्छ : जीवन राई


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधान दिवसको अवसरमा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको सम्झना अनेरास्ववियुले दीप प्रज्वलन गरेको छ ।

शुक्रबार काठमाडौंको वाल्मीकि विद्यापिठमा दीप प्रज्वलन गरेको हो । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य जीवन राईको प्रमुख अतिथि रहेको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्षसहित नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले सबैले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्ने बताए । 

उनले भने, ‘दायित्व रहेको साथै हामीले नयाँ पुस्तालाई पनि यो संविधानको महत्त्वको विषय बुझाउनुपर्ने जरुरी छ ।’   

गत हप्तामात्र जेन-जी आन्दोलनमा ज्यान गुमाउने सम्पूर्णलाई श्रद्धा सुमन अर्पण साथै उनीहरूको त्यागको कदर हुनुपर्ने घाइते सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना र उचित व्यवस्थापनको कुरा राख्दै दीप प्रज्वलन गरी कार्यक्रम समापन गरेको उपाध्यक्ष अशोक थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ७ : ०० बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस