छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई « Khabarhub

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

गोरखा– संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमल नेपालीले हात पारेका छन् । 

गोरखा नगरपालिका–९ लक्ष्मीबजारदेखि गोरखा बसपार्कसम्मको चार किलोमिटर दूरी १८ मिनेट २८ सेकेण्डमा पार गर्दै नेपालीले प्रथम स्थान हासिल गरेका हुन्  । 

सोही दूरी १८ मिनेट ३४ सेकेण्डमा पार गर्दै सरोज गिरी द्वितीय भएका छन्  । सनम गुरुङले सोही दूरी १९ मिनेट १९ सेकेण्डमा पार गर्दै तृतीय भए भने १९ मिनेट ४४ सेकेण्डमा पार गर्दै प्रवीन थापाले सान्त्वना स्थान हासिल रेको क्लबका अध्यक्ष राज गुरुङले जानकारी दिए ।

क्लबले प्रथम हुनेलाई पाँच हजार नगद, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई तीन हजार मेडल र प्रमाण, तृतीय हुनेलाई दुई हजार नगद, मेडल र प्रमाण प्रदान गरेका छन् भने सान्त्वना हुनेलाई रु एक हजार पुरस्कार प्रदान गरेको क्लबका अध्यक्ष राज गुरुङले जानकारी दिए ।

विजेता धावकहरूलाई गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगर, गोरखा उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका लियो क्लब अफ गोरखाका सल्लाहकार भगवानबाबु मास्के, लियो डिस्ट्रिक्ट तीन सय २५ जे नेपालका अध्यक्ष बालकृष्ण परियार, लायन्स क्लब अफ गोरखाका अध्यक्ष अयोध्या जोशीले पुरस्कार प्रदान गरेका थिइन् । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ७ : २३ बजे

वर्षाजन्य विपद् : विभिन्न सडकमा यातायात अवरुद्ध

काठमाडौं– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास घटाइयो

सियोल– राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल नियुक्त

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

कञ्चनपुर– महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२०

झापामा गतआवमा छ झोलुङ्गे पुल निर्माण

भद्रपुर– जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न