अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा | Khabarhub Khabarhub

अमलेखगञ्जबाट नरभक्षी बाघ नियन्त्रणमा


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

पर्सा – मान्छेलाई पटकपटक आक्रमण गरेर ज्यान लिँदै आएको नरभक्षी बाघलाई आज बाराको अमलेखगञ्जबाट नियन्त्रणमा लिइएको छ ।पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, स्थानीय जनप्रतिनिधिसहितको संयुक्त टोलीले ‘डार्ट’ हानेर उक्त नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोषकुमार भगतले बाराको अमलेखगञ्जस्थित सामुदायिक वनबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

“गत असारयता वन क्षेत्रमा चार जना मान्छेको मुत्यु भएको रहेछ ।स्थानीयले बाघबाटै मृत्यु भएको भनेकाले उक्त बाघलाई प्राविधिक टोलीले डार्ट हानेर नियन्त्रणमा लिएका छौँ”, उनले भने, “बाघको आक्रमणबाट अमलेखगञ्ज आसपासका जनता त्रसित र डर, त्रास देखिएकाले पनि उक्त बाघलाई नियन्त्रणमा लिइएको हो ।”

सूचना अधिकारी भगतले नियन्त्रणमा लिएको बाघलाई निकुञ्जको रेस्क्यू सेन्टरमा राखिएको जानकारी दिए।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : १९ बजे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं–  रूपन्देहीको  बुटवल उपमहानगरपालिका-२ फूलबारी बस्ने ५५ वर्षीया अनिता विश्वकर्माको घरमा विद्युत्

बनेपाबाट सात जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक–  बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोटी– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा

सुकुम्बासी बस्ती उठाउने बालेनको निर्णयविरुद्ध जेन-जीको समूह, समस्या नबुझी डोजर नचलाउन चेतावनी

काठमाडौं- काठमाडौंको बागमती र मनोहरा किनारसहितका सुकुम्बासी बस्ती उठाउने मेयर

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा