नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह « Khabarhub

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।

दूतावासले शुक्रबार जारी गरेको परामर्शमा हाल नेपालमा अवस्था उल्लेखनीय रूपमा सुधार भएको भए पनि यात्रुहरूले सतर्क रहनु पर्ने जनाएको छ।

दूतावासका अनुसार सडक यातायात र हवाई उडानहरू नियमित रूपमा सञ्चालनमा आएका छन्। तर पनि भारतीय नागरिकले काठमाडौंस्थित भारतीय दूतावास वा नेपालका सम्बन्धित निकायले समय–समयमा जारी गर्ने परामर्श तथा सूचनाको पालना गर्न अनुरोध गरिएको छ।

नेपालमा रहेका भारतीय नागरिकलाई आवश्यक परेमा दूतावासले उपलब्ध गराएका सम्पर्क माध्यममार्फत सहयोग लिन सकिने छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ९ : ०३ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच