जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल « Khabarhub

जेनजी आन्दोलन : वृद्धा बुवाआमा छाडेर अस्ताए गोपाल


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

झापा – गत भदौ २४ गते यहाँको अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय गोपाल सेढाईं बिहान घरायसी काम सकेर विर्तामोड जाने तरखरमा थिए । ७६ वर्षीया आमा गुनमायाले सोधिन्, “कता हिँड्न लागेको कान्छा ?”

गोपालले जवाफ दिएका थिए, “त्यहीँ विर्तामोड जान्छु आमा, रक्तदान कार्यक्रम छ ।” रक्तदान कार्यक्रममा सहजीकरण गर्न हिडेका गोपालको त्यही संवाद आमासँगको अन्तिम हुन पुग्यो । उनी सोही दिन विर्तामोडमा प्रहरीको गोली लागेर सहिद भए।

विर्तामोड गएपछि उनी सबैभन्दा पहिला बीएण्डसी हस्पिटल परिसरमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएका थिए । उनले दर्जनौँ युवालाई रक्तदान गर्न सहजीकरण गरेपछि जेनजी प्रदर्शनमा गएका थिए ।

गोपालको परिवारमा बुवाआमा, दाजु भाउजु र तीन दिदीबहिनी छन् । दाजु र भाउजु वैदेशिक रोजगारीको क्रममा दुबईमा बस्दै आएका छन् । दिदीबहिनीको विवाह भइसकेको छ । उनको काँधमा वृद्धावस्थाका बुवा धनपति र आमा गुनमायाको हेरचाह गर्दै घर सम्हाल्ने जिम्मेवारी थियो ।

उनकी दिदी तुलसा सेढाईंका अनुसार रक्तदान कार्यक्रममा जानुअघि बिहान गोपाल सँधै झैं योग सिकाउन शिविरमा गएका थिए । त्यहाँबाट फर्केपछि उनले गोठमा गएर गाई दुहुनु भयो । त्यसपछि उपचारका लागि बिरामी बुवालाई लिएर शनिश्चरे अस्पताल गए । आमासँगै दही चिउरा खाएर उनी विर्तामोड गएका थिए ।

“आमा बुवाको हेरचाहमा साह्रै ध्यान दिन्थ्यो, कतै टाढा जानु परे पनि छिट्टै घर फर्किन्थ्यो”, आँखाभरि आँशु पार्दै दिदी तुलसाले सुनाइन्, “अब हाम्रो कान्छो भाइ कहिल्यै नफर्किने बाटोमा गयो ।”

अपराह्न ४ बजेतिर उहाँलाई गोली लागेपछि उपचारका लागि सय मिटरको दूरीभित्रै रहेको बीएण्डसी हस्पिटलमा पु¥याइएको थियो । गोलीले छाती छेडेका कारण उनको तत्कालै निधन भएको चिकित्सकले बताएका थिए ।

गोपालमा अन्याय नसहने हक्की स्वाभाव थियो । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी गाउँमा कुशल योग प्रशिक्षक, स्वयंसेवी रक्तदाता र सामाजिक अभियन्ताको रूपमा परिचित थिए । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले गोपाल सेढाईं नियमित रक्तदाता र सामाजिक अभियन्ताको रूपमा रेडक्रससँग सँधै नजिक रहेको बताए ।

“कोही कसैलाई रगतको अभाव भएको थाहा पाउने वित्तिकै कि त आफैँ रक्तदान गर्नुहुन्थ्यो, कित दाताहरू खोजेर ल्याउनुहुन्थ्यो”, ढकालले भने, “एउटा शिक्षित र होनहार युवा हुनुहुन्थ्यो उहाँ ।”

उनी अविवाहित थिए । उनकी दिदी तुलसा सेढाईंले बिहेका लागि घरमा कुराकानी भइरहेको बताईन् । जेनजी प्रदर्शनको क्रममा भदौ २३ गते काठमाडौँमा प्रहरीको गोली लागेर कलिला युवा आन्दोलनकारीको मृत्यु भएपछि उहाँ विक्षिप्त जस्तै हुनुभएको तुलसाले बताईन् । उनी भन्छिन्, “अन्याय र अत्याचार उसलाई सह्य थिएन । काठमाडौंँमा आन्दोलनकारी जेनजीको मृत्यु भएको खबर सुनेदेखि रोएरै दिन बिताएको थियो ।”

गोपाल मिहेनती किसान र नर्सरी व्यवसायी थिए । उनले डेढ बिघा जग्गामा विभिन्न बिरुवाको नर्सरी राखेको थिए । खेतीपाती र पशुपालनमा उनको रुची थियो । गोबर सोहोर्ने र गाई दुहुने काम उनी आफैँ गर्दथे । बारीमा सुपारी र मरिचको बगान लगाएका थिए । उनको निधनले गाउँ नै शोकमा छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : ०० बजे

डा.दिपक मल्लले औँल्याएका सुगर बढ्नुका ७ कारण 

काठमाडौं– सुगर रोग विशेषज्ञ डा. दिपक मल्लले मधुमेह नियन्त्रणमा समस्या

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार