निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित « Khabarhub

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित भएका छन् ।

नेपाल नेत्रज्योति सङ्घ गेटा आँखा अस्पताल र शुक्लाफाँटा–१० वडा कार्यालयको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र विष्टका अनुसार जाँचका लागि आएका बिरामीमध्ये ८९ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।

“मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएका छौँ”, उनले भने, “आइतबार, मङ्गलबार र बुधबार गरी तीन दिनमा शल्यक्रिया गरिने छ ।”

बिरामीलाई अस्पतालसम्म ल्याउन–लैजान गाडीको व्यवस्था गरिएको उनले जानकारी दिए । शिविरमा उपचारका लागि आएका एक सय ७९ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने चार सय ७४ जनालाई परामर्शसहित औषधि वितरण गरिएको नेत्र अधिकृत विष्टले बताए।

वडाध्यक्ष लालबहादुर ऐरका अनुसार निःशुल्क आँखा शिविरबाट वडाभित्रका मात्र नभई आसपासका बासिन्दाले लाभ लिएका छन् । उनले शिविरमा महिलाको सहभागिता पुरुषको तुलनामा तीन गुणा बढी रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : २१ बजे

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्रबिना नै सुरु भयो रास्वपा बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले