निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित « Khabarhub

निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आज सम्पन्न निःशुल्क आँखा शिविरबाट पाँच सय ६५ जना लाभान्वित भएका छन् ।

नेपाल नेत्रज्योति सङ्घ गेटा आँखा अस्पताल र शुक्लाफाँटा–१० वडा कार्यालयको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र विष्टका अनुसार जाँचका लागि आएका बिरामीमध्ये ८९ जनामा मोतियाविन्दुको समस्या देखिएको छ ।

“मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएका छौँ”, उनले भने, “आइतबार, मङ्गलबार र बुधबार गरी तीन दिनमा शल्यक्रिया गरिने छ ।”

बिरामीलाई अस्पतालसम्म ल्याउन–लैजान गाडीको व्यवस्था गरिएको उनले जानकारी दिए । शिविरमा उपचारका लागि आएका एक सय ७९ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ भने चार सय ७४ जनालाई परामर्शसहित औषधि वितरण गरिएको नेत्र अधिकृत विष्टले बताए।

वडाध्यक्ष लालबहादुर ऐरका अनुसार निःशुल्क आँखा शिविरबाट वडाभित्रका मात्र नभई आसपासका बासिन्दाले लाभ लिएका छन् । उनले शिविरमा महिलाको सहभागिता पुरुषको तुलनामा तीन गुणा बढी रहेको उल्लेख गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : २१ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस