राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान « Khabarhub

राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन प्रचण्डको आह्वान


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई अग्रगमनको मार्गमा अघि बढाउनका लागि राष्ट्रिय स्वाभिमान र स्वाधीनताको पक्षमा एकताबद्ध हुन सम्पूर्ण राष्ट्रप्रेमी नागरिकलाई आह्वान गरेका छन्।

संविधान दिवसका अवसरमा आज आयोजित जनप्रगतिशील मञ्च, एसिया प्रदेश सङ्गठन समितिको ‘भर्चुअल’ बैठकमा उनले अहिले मुलुकले व्यहोरिरहेका चुनौतीसँग जुध्न राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

शासकीय अभ्यासलाई लिएर जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र पूर्ण समानुपातिक संसद्को निर्वाचन प्रणाली अवम्बन गरिनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष दाहालले संविधान निर्माणका क्रममा माओवादीले फरक मत दर्ज गराएको शासकीय स्वरुप र निर्वाचन प्रणालीको महत्व अहिले झन् सान्दर्भिक देखिएको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।

कैयन प्रतिकूलताकाबीच जेनजी आन्दोलनको माग सम्बोधन र संविधानको रक्षामार्फत देशलाई सहज निकास दिन माओवादी केन्द्रले विशेष भूमिका निर्वाह गरेको जनाउँदै अध्यक्ष दाहालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न अन्तरिम सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।

बैठकमा माओवादी केन्द्रका नेता एवं जनप्रगतिशील मञ्चका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : २७ बजे

चीनको भूमिमा रकेट पुनःप्राप्तिमा सफलता

बेइजिङ- चीनले पहिलोपटक भूमिमा रकेटको पहिलो चरण सफलतापूर्वक पुनःप्राप्त गरेको छ।

संसदीय दलका नेता बालेन्द्रबिना नै सुरु भयो रास्वपा बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौं– नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ

बीपीको जुत्तामा नापो नमिलेका खुट्टाहरू !

‘मेरो काठमाण्डूको सार्वजनिक सभामा मलाई र सुशीलालाई चुटाउनु भयो ठूल्दाजुले