नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान « Khabarhub

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल चलान भएका छन्।

रुपन्देही जिल्ला अदालतले कँडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। कालिका–५, चितवनका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका थिए।

भारतका अभिषेक यादवसँग बेलहिया बसपार्कस्थित होटल परिसरमा ठूलो मात्रामा नक्कली प्रमाणपत्र बरामद भएपछि उनको बयानका आधारमा कँडेल पक्राउ परेका थिए।

कँडेल पक्राउ परेसँगै रास्वपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : ४४ बजे

घटस्थापनादेखि पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ– बडादसैँ मनाउन घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजार ५७८

दसैँको अवसरमा शीतल निवासमा कन्या पूजा, राष्ट्रपतिले दिए उपहार

काठमाडौँ ‍- राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस