अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एम्स्टर्डम – निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देशको प्रजातन्त्रलाई बल पुग्ने गरी प्रयास बढाउन आग्रह गरेकी छन्।

एम्स्टर्डममा एएफपीसँगको अन्तर्वार्तामा तिखानोभ्स्कायाले ट्रम्प र भ्लादिमिर पुटिनबीच हुने भनिएको वार्ताप्रति अविश्वास प्रकट गर्दै भनेकी छन्, “पुटिन विश्वास गर्न लायक छैनन्।”

गत महिना बेलारुसले अमेरिकी मध्यस्थतामा ५२ जना राजनीतिक बन्दीलाई रिहा गरेको थियो।

“पक्कै पनि हामी राष्ट्रपति ट्रम्प र राजनीतिक बन्दीहरूलाई रिहा गर्ने यस मानवीय मार्गमा उनको व्यक्तिगत संलग्नताप्रति धेरै आभारी छौं,” तिखानोभ्स्कायाले भनिन्।

“हाम्रो काम केवल राजनीतिक बन्धकहरूको बारेमा मात्र होइन। यो हाम्रो देशको सम्पूर्ण भविष्यको बारेमा हो र एक लोकतान्त्रिक बेलारुस अमेरिकाको पनि हितमा छ,” उनले थपेकी छन्।

लुकाशेन्कोको करिब तीन दशकको सत्तालाई राष्ट्रपति चुनावमा सामेल भई चुनौती दिएपछि तिखानोभ्स्काया सन् २०२० मा लिथुआनियामा निर्वासनमा जान बाध्य बनेकी थिइन्।

तिखानोभ्स्कायाका पति सर्गेई जेलमा परेपछि उहाँ लुकाशेन्कोको विपक्षीे नेताको रूपमा देखा परेकी हुन्।

युरोपेली समाजवादी नेताहरू भेला भएको एक कार्यक्रममा नेदरल्यान्ड्समा बोल्दै ४३ वर्षीय उनले हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले लुकाशेन्को र पुटिन दुवैमाथि अनुसन्धान गरिरहेको उल्लेख गरेकी छन्।

युक्रेन वार्ताका लागि ट्रम्प र पुटिनबीच चाँडै बुडापेस्टमा भेट हुने अपेक्षा गरिएको छ तर तिखानोभ्स्कायाले वार्ताबाट कुनै सफलताको आशा नभएको बताएकी छन्। रासस/एएफपी

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : ४६ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन