अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह « Khabarhub

अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रजातन्त्रको पक्षमा जोड दिन आग्रह


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एम्स्टर्डम – निर्वासित बेलारुसकी विपक्षी नेतृ स्वेतलाना तिखानोभ्स्कायाले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो देशको प्रजातन्त्रलाई बल पुग्ने गरी प्रयास बढाउन आग्रह गरेकी छन्।

एम्स्टर्डममा एएफपीसँगको अन्तर्वार्तामा तिखानोभ्स्कायाले ट्रम्प र भ्लादिमिर पुटिनबीच हुने भनिएको वार्ताप्रति अविश्वास प्रकट गर्दै भनेकी छन्, “पुटिन विश्वास गर्न लायक छैनन्।”

गत महिना बेलारुसले अमेरिकी मध्यस्थतामा ५२ जना राजनीतिक बन्दीलाई रिहा गरेको थियो।

“पक्कै पनि हामी राष्ट्रपति ट्रम्प र राजनीतिक बन्दीहरूलाई रिहा गर्ने यस मानवीय मार्गमा उनको व्यक्तिगत संलग्नताप्रति धेरै आभारी छौं,” तिखानोभ्स्कायाले भनिन्।

“हाम्रो काम केवल राजनीतिक बन्धकहरूको बारेमा मात्र होइन। यो हाम्रो देशको सम्पूर्ण भविष्यको बारेमा हो र एक लोकतान्त्रिक बेलारुस अमेरिकाको पनि हितमा छ,” उनले थपेकी छन्।

लुकाशेन्कोको करिब तीन दशकको सत्तालाई राष्ट्रपति चुनावमा सामेल भई चुनौती दिएपछि तिखानोभ्स्काया सन् २०२० मा लिथुआनियामा निर्वासनमा जान बाध्य बनेकी थिइन्।

तिखानोभ्स्कायाका पति सर्गेई जेलमा परेपछि उहाँ लुकाशेन्कोको विपक्षीे नेताको रूपमा देखा परेकी हुन्।

युरोपेली समाजवादी नेताहरू भेला भएको एक कार्यक्रममा नेदरल्यान्ड्समा बोल्दै ४३ वर्षीय उनले हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले लुकाशेन्को र पुटिन दुवैमाथि अनुसन्धान गरिरहेको उल्लेख गरेकी छन्।

युक्रेन वार्ताका लागि ट्रम्प र पुटिनबीच चाँडै बुडापेस्टमा भेट हुने अपेक्षा गरिएको छ तर तिखानोभ्स्कायाले वार्ताबाट कुनै सफलताको आशा नभएको बताएकी छन्। रासस/एएफपी

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : ४६ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२