भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख सङ्कलन | Khabarhub Khabarhub

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख सङ्कलन


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ मा हालसम्म छ करोड १० लाख रुपैयाँ सङ्कलन भएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आज बिहानसम्म कोषमा छ करोड १० लाख रुपैयाँ सङ्कलन भएको हो ।

जेनजी प्रदर्शनका क्रममा क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले उक्त कोष स्थापना गरेको थियो । कोषमा योगदानका लागि सरकारले सर्वसाधारण नागरिक, निजी क्षेत्र, गैरआवासीय नेपाली, विकास साझेदार, विभिन्न सङ्घसंस्थालगायत दातृ निकायलाई आग्रह गरेको थियो । 

पुनर्निर्माण कोषमा गरिने आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन वा खर्च कट्टी गर्न पाइने सुविधा सरकारले दिएको छ ।

पुनर्निर्माणका कोषका लागि राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खाता खोलिएको छ । योगदानकर्ताले कोषको खाता नम्बर १९६०१००१०२०७०००४ मा सहायता रकम जम्मा गर्न सक्नेछन् । कोषका योगदानकर्ताको विवरण शीघ्र सार्वजनिक गर्ने तयारी रहेको अर्थ मन्त्रालयले जनाएको छ । रासस
 
 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १२ : २८ बजे

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु

विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक

‘जेरी अन टप’को व्यापार : शुक्रबार ७२ लाख, शनिबार ८६ लाख

काठमाडौं – चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार नायक

सर्लाहीको रवि चोकबाट शंकास्पद विलविजकसहित दुई वटा ट्रक नियन्त्रणमा

सर्लाही- जिल्लाको बरहथवा नगरपालिका–९ रवि चोकबाट कार्तिक १ गते सशस्त्र

यो सरकारले जेन-जीको राजनीतिक उद्देश्य पूरा गर्न सक्दैन, खारेज गर्नुपर्छ : विप्लव

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जेन-जी