फिल्म ‘कल्ली’को तीन पोस्टर सार्वजनिक « Khabarhub

फिल्म ‘कल्ली’को तीन पोस्टर सार्वजनिक


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘कल्ली’को तीन पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रचारको काम सुरु गरेको छ ।

तीन पोस्टरमा फिल्मका पाँच शीर्ष कलाकार नायकहरु सौगात मल्ल, सुलक्षण भारती, नाजिर हुसेन, नायिका वर्षा राउत र बालकलाकार मञ्जिला बानियाँलाई फिचर्ड गरिएको छ ।

एक पोस्टरमा वर्षा, नाजिर र मञ्जिलालाई फिचर्ड गरिएको छ । वर्षा र नाजिर विवाहित जोडी मञ्जिला उनीहरुको छोरीको भूमिकामा रहेको पोस्टरले संकेत गर्छ ।

अर्को पोस्टरमा सुलक्षणलाई भिन्न गेटअपमा प्रस्तुत गरिएको छ । उनको शरीरमा कपडाको रुपमा लगौटी मात्रै छ । गलामा पोते लगाएका छन् भने हातमा हतियार छन् ।

सौगत भने पश्चिमी हिमाली भेगको अधवैशे पुरुषको भूमिकामा प्रस्तुत छन् ।

यी पोस्टरहरुले फिल्मप्रतिको दर्शकको कौतुहलता बढाउन सक्ने देखिन्छ ।

यस फिल्ममा वेनिशा हमाल, बेगम नेपाली, बिनोद न्यौपाने र रियर राईको पनि अभिनय रहेनेछ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा लक्ष्मण सुनारले लेखेका हुन् । निर्देशक पनि सुनार नै हुन् । पटकथा भने महेश दवाडीले लेखेका हुन् ।

लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ०९ बजे

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा