मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग « Khabarhub

मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

रबात- मोरोक्कोमा हाल जेनजी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्धमा आवाज उठाइरहेका छन् । उनीहरूले ‘जेनजी– २१२’ नामक अभियानमार्फत देशभरि स्वतन्त्र रूपमा आन्दोलन सुरु गरेका छन् । सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू, विशेषतः डीसकर्ड, प्रयोग गर्दै उनीहरू बिना राजनीतिक पार्टीको सहारा, नेतृत्वविहीन तर सङ्गठित ढङ्गमा प्रदर्शन गरिरहेका छन् ।

यी युवाहरूको आक्रोश सरकारको प्राथमिकता र संसाधनको असमान वितरणप्रति हो । सरकारले सन् २०३० विश्वकपका लागि नयाँ स्टेडियमहरू बनाउन अर्बौं डलर खर्च गर्दैछ, तर ग्रामीण भेगमा अस्पतालमा डाक्टर छैनन्, सडक कच्ची छन् र विद्यालयहरू सुविधाविहीन छन् । आन्दोलनको दौरान हजारौं युवा सडकमा उत्रिएका छन् ।

धेरै स्थानमा झडप पनि भएका छन्, जसमा केहीको ज्यान गएको छ र सयौं युवाहरू पक्राउ परेका छन् । यति हुँदाहुँदै पनि युवाहरूको जोश र आवाज कमजोर भएको छैन । उनीहरूले राजा मोहम्मद ६ लाई खुला पत्र लेख्दै प्रधानमन्त्रीको राजीनामा, भ्रष्ट नेताहरूको कारबाही र सुधारको माग गरेका छन् ।

जेनजी आन्दोलन मोरोक्कोमा मात्र सीमित छैन, यसले विश्वभरका युवाहरूमा पनि परिवर्तनको भावना जागृत गरिरहेको छ । यो आन्दोलन न्याय, समानता र उत्तरदायित्वको खोजीमा रहेको नयाँ पुस्ताको बलियो कदम हो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ०१ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल