हर्क साम्पाङले दर्ता गरे नयाँ पार्टी, आयोगमा पुगेर गरे सनाखत « Khabarhub

हर्क साम्पाङले दर्ता गरे नयाँ पार्टी, आयोगमा पुगेर गरे सनाखत


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगमा पुगेर पार्टी दर्ता गरेका छन् । 

आइतबार उनले आयोगमा गएर श्रम संस्कृत पार्टीको सनाखत गरेका हुन् ।  साम्पाङले यसअघि असोज १२ गते नयाँ पार्टी खोल्नका लागि निवेदन दिएका थिए । 

उनले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निवेदन दिएपछि आइतबार सनाखत गरेका हुन् । तर उक्त पार्टीको कार्यनीति र नेताहरू को-को छन् भन्ने उनले केही पनि खुलाएका छैनन् ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा समेटिने कोसिस असफल भएपछि उनी धरान फर्किएका थिए । धरान गएदेखि उनले निरन्तर काठमाडौंका मेयर बालेन्द्र साहमाथि सामाजिक सञ्जलबाट प्रहार गरिरहेका छन् ।

२०७९ को निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उठेका उनले लौरो चुनाव चिह्नबाट जित निकालेका थिए ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ५९ बजे

निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्ध प्रभावकारी बनाउन राष्ट्रपतिको निर्देशन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : प्रचण्ड

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

जनताको शिर झुक्न दिने छैन : रविकिरण हमाल

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेत क्षेत्र नम्बर–१ का

मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास

खोटाङ – जिल्ला निर्वाचन कार्यालय खोटाङले यही फागुन २१ गते

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ

पर्सा – गत सोमबार वीरगञ्जको अवैध गोदाममा छापा मार्न जाँदा