डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा.संगीता कौशल मिश्राविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव एवं स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा.संगीता कौशल मिश्रासहित १४ जनामाथि आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो । 

आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल–बिजक, गलत प्रतिवेदन र भुक्तानी प्रक्रिया पूरा गरिएको ठहर गरेको छ । आयोगका अनुसार विभागले आर्थिक वर्ष २०८०र८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको प्रमाणित भएको छ ।

आयोगले सार्वजनिक खरिद ऐन र नियमावली विपरीत म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालीलगायतका कम्पनीसँग मिलेमतो गरी अस्वाभाविक लागत अनुमान तयार गरिएको जनाएको छ । म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्सले १२ करोड ५५ लाखमा मेसिन खरिदको प्रस्ताव राख्दा विभागले १२ करोड ७५ लाखको लागत अनुमान तयार गरेको थियो । जसमा मूल्याङ्कन चरणदेखि नै पूर्वसम्झौता गरिएको देखिएको अख्तियारले जनाएको छ ।

उत्पादक कम्पनीले मेशिनको मूल्य यूरो ४ लाख ५० हजार नेपाली रुपैयाँ करिब ६ करोड ८५ लाख रहेको देखिँदा विभागले दोब्बर मूल्यमा लागत अनुमान तयार गरेको आयोगले ठहर गरेको छ । आयोगले ठेक्का सम्झौता अनुसार सम्पूर्ण सामाग्री नआएको अवस्थामा पनि भुक्तानी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

मेसिनका केही एक्सेसरिज मात्रै पहिलो चरणमा आएको अवस्थामा तत्कालीन महानिर्देशक मिश्राको निर्णयमा १३ करोड ३७ लाख ८३ हजारको भुक्तानी गरिएको आयोगको भनाइ छ । आयोगले ठेकेदार कम्पनी र विभागका पदाधिकारीबीच मिलेमतो गरी कागजात झुट्टा बनाएर पेश गरिएको प्रमाण भेटिएको जनाएको छ ।

आयोगका अनुसार ठेक्का सम्झौता शर्त अनुसार सम्पूर्ण सामान आपूर्ति नगरी भुक्तानी दिइँदा राज्यलाई करिब १४ करोड ६ लाख ८५ हजार बराबरको हानी नोक्सानी पुगेको छ । साथै, सम्झौता उल्लङ्घन गर्ने ठेकेदार कम्पनी म्याक्सिम इन्कर्पोरेशनलाई कालोसूचीमा राख्नुपर्ने अवस्थामा विभागका अधिकारीले त्यस विपरीत गैरकानूनी कार्य गरेको आयोगले जनाएको छ ।

अख्तियारले दायर गरेको आरोपपत्रअनुसार मुद्दा परेकामध्ये तत्कालीन महानिर्देशक डा.संगीता कौशल मिश्रासहित १३ जना राष्ट्रसेवक र एक जना निजी कम्पनी सञ्चालक रहेका छन् । मुद्दा परेकामध्ये स्वास्थ्य सेवा विभागका तत्कालीन व्यवस्थापन महाशाखा निर्देशक डा.श्रवणकुमार थापा, निर्देशक डा.विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक ड.सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानून अधिकृत सिता घिमिरे, बायोमेडिकल इन्जिनियर आशिष चौहान, पद्मा मिश्र र म्याक्सिम इन्कर्पोरेशनका सञ्चालक सुन्दर भुसाल रहेका छन् । 

आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र १९ बमोजिमको कसुरमा कारबाही माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ३३ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा