सर्लाहीको रवि चोकबाट शंकास्पद विलविजकसहित दुई वटा ट्रक नियन्त्रणमा « Khabarhub

सर्लाहीको रवि चोकबाट शंकास्पद विलविजकसहित दुई वटा ट्रक नियन्त्रणमा


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सर्लाही- जिल्लाको बरहथवा नगरपालिका–९ रवि चोकबाट कार्तिक १ गते सशस्त्र प्रहरीले शंकास्पद विलविजक भएको ३२ लाख ८९ हजार रुपैयाँ बराबरको नास्पातीसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।

म.प्र.०३.००२ ख ३६४१ र प्र. १.०१.००१ख ४४०१ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको नास्पातीको विलविजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो ।

साथै उक्त ट्रकका चालक सोही ठाउँ बस्ने देव श्रेष्ठ र भीम बहादुर उप्रेतीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको विशेष अनुगमन टोलिले सुरक्षा वेश सुन्दरपुर चोहर्बा समेतको सहयोगमा  नियन्त्रणमा लिएको हो । सो नास्पाती भारततर्फ लैजान लागिएको आशंका गरिएको छ ।

डिएसपी शैलेन्द्र थापाका अनुसार नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद नास्पाती तथा ट्रकसहित आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

उक्त नास्पातीको मूल्य ३२ लाख ८९ हजार र दुवै ट्रकको मूल्य ५० लाखसहित भन्सार दाखिला मूल्य जम्मा ८२ लाख ८९ हजार रुपैयाँ कायम गरी बुझाइएको छ ।  

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ३९ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल