यो सरकारले जेन-जीको राजनीतिक उद्देश्य पूरा गर्न सक्दैन, खारेज गर्नुपर्छ : विप्लव « Khabarhub

यो सरकारले जेन-जीको राजनीतिक उद्देश्य पूरा गर्न सक्दैन, खारेज गर्नुपर्छ : विप्लव


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जेन-जी विद्रोह आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने कुरामा असफल भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विप्लवले जेन–जी आन्दोलन संसद् भंग गर्ने र अन्तरिम सरकार बनाउनेसम्म पुगे पनि युवाको बलिदान, नेपाली जनताले दिएको साथ, लाखौं जनता सडकमा निस्किएको आन्दोलनको मर्मलाई पूरा गर्ने राजनीतिक उद्देश्य प्राप्त हुन नसकेको बताएका हुन् ।

जेन–जी आन्दोलनको जगमा उल्टो नयाँ षड्यन्त्रहरू देखिएको विप्लवले बताएका छन् । विप्लवले जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकार उनीहरूले उठाएको मागअनुकूल र अनुरुप नभएको बताए ।

कार्की नेतृत्वको सरकार बनाउँदा नै एकदम रहस्यमय तरिकाले बनाइएको र यसको जिम्मा लिने कोही पनि रहेको उनले बताए । उनले प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले मन्त्रीहरुको नियुक्ति पनि जेन–जीको भावनाविरीत गरेको बताए ।

‘अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार त गठन गरिएको छ । तर, यो अन्तरिम सरकार हाम्रो बुझाइमा चाहिँ जेन–जी आन्दोलन, त्यसले ल्याएको विद्रोह र त्यसले उठाएका मागको अनुकूल, अनुरुप भएन’, उनले भने, ‘यो सरकार रहस्यमय तरिकाले बनाइयो । यो सरकार हामीले बनाएको हो भनेर जिम्मा लिन कोही पनि तयार छैन । प्रधानमन्त्रीमात्रै होइन, मन्त्रीहरू कसरी बने भन्नेबारेमा आज भयांकर विवाद छन् । स्वयम् जेन–जीले त्यसलाई अवरोध गरिरहेका छन् । मन्त्रीहरू जेन–जी आन्दोलनको भावनाविपरीत आए भन्ने कुरा उठिराखेको छ।’

मन्त्रिपरिषद्मा जेन–जीको सहभागिता नै हुन नसकिराखेको र जेन–जी आफैँ विवादमा रुमलिने स्थिति बनिरहेको उनले बताए ।

जेन–जी विद्रोहपछि पनि देशले निकास पाउन नसकेर अलमलमा र असफलतातिर धकेलिएको उनले बताए । यसले अर्को नयाँ अराजकताको स्थिति ल्याउने आफ्नो पार्टीको विश्लेषण रहेको पनि विप्लवले बताए ।

उनले भ्रष्टाचारको विरुद्धमा, यो व्यवस्थाको अपूर्णता र समस्याको बारेमा, यसको कार्यकारी स्वरुप, व्यवस्थापकीय प्रणालीको बारेमा पुनर्संरचना आवश्यक आवश्यक भएको खण्डमा यसको बोध नै नगरिएको बताए ।

वर्तमान सरकार खारेज गरिनुपर्ने र यसैलाई टेकेर सर्वपक्षीय अन्तरिम सरकार गठन आजको आवश्यकता रहेको विप्लवको निष्कर्ष छ ।

यसरी बन्ने अन्तरिम सरकारमा उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, मधेश, पहाड, बुद्धिजीवी, वैज्ञानिक, व्यवसायीहरु र लामो समयदेखि भ्रष्टाचार, स्वाधीनताजस्ता विषयमा लड्दै आएका राजनीतिक दलहरुको सहभागिता आवश्यक रहेको उनले बताए ।

‘हाम्रो भनाइमा यस सरकारलाई खारेज गर्नुपर्छ । यसलाई टेकेर अर्को नयाँ अन्तरिम सरकार, सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ । जो हामीले आन्दोलनको बीचमै पनि भनेका थियौं’, उनले भने, ‘त्यसमा जेन–जीका प्रतिनिधि प्रत्यक्ष सहभागी बन्नुपर्छ । नेपालको उत्पीडित, मजदुर, किसान, दलित, महिला, जनजाति, मधेश, पहाड, बुद्धिजीवी, वैज्ञानिक, व्यवसायी सहभागी र राजनीतिक दल, जसले लामो समयदेखि भ्रष्टाचार, स्वाधीनताजस्ता विषयमा लड्दै आएका छन् ।’

यसरी बन्ने अन्तरिम सरकारले उच्चस्तरीय संविधान सुधार आयोग गठन गर्नुपर्ने र त्यसबाट संविधान संशोधन गरिनुपर्ने विप्लवले बताए ।

विप्लवले शासकीय स्वरुप, व्यवस्थापकीय प्रणाली, प्रत्यक्षकारीकारी निर्वाचन हुने प्रणाली चाहिने र अनिमात्रै चुनावमा जाने आफूहरुको प्रस्ताव रहेको बताए ।

भ्रष्टाचारीलाई कारबाही गर्ने जेन–जीको माग पनि अलपत्र परेको उनले बताए । देशको सम्पत्ति हिनामिना गर्ने भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने आफ्नो पार्टीको मत रहेको विप्लवले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ३७ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल