‘जेरी अन टप’को व्यापार : शुक्रबार ७२ लाख, शनिबार ८६ लाख « Khabarhub

‘जेरी अन टप’को व्यापार : शुक्रबार ७२ लाख, शनिबार ८६ लाख


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले सुरुवाती दुई दिनमा दर्शकबाट राम्रो साथ पाएको छ ।

बोर्डका अनुसार पहिलो दिन शुक्रबार यस फिल्म हेर्न २१ हजार २९४ दर्शक हलमा पुगेका थिए । यो दिन फिल्मले ७२ लाख ५९ हजार ४०८ रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।

यस फिल्मको ग्रस कलेक्सन शुक्रबारको तुलनामा शनिबार बढेको छ । यस दिन ८६ लाख ३८ हजार २१० रुपैयाँ बराबराको ग्रस कलेक्सन भएको छ । २६ हजार ४३३ टिकट बिक्री हुँदा उक्त बराबरको ग्रस कलेक्सन भएको हो ।

यस फिल्मको सुरुवाती दुई दिनको ग्रस कलेक्सन एक करोड ५८ लाख ९७ हजार ६१८ रुपैयाँ पुगेको छ ।

यो ग्रस कलेक्सन औषतभन्दा निकै उच्च हो ।

ट्रेलरदेखि नै चर्चा पाएको यस फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । आइतबार पनि यो फिल्म उच्च अकुपेन्सीका साथ चलेको छ ।

यस फिल्ममा अनमोलसहित नायिकाहरु जसिता गुरुङ र आँचल शर्मा शीर्ष भूमिकामा छन् । नायक भुवन केसी र केदार घिमिरे ‘माग्ने बूढा’ पनि मुख्य भूमिकामा रहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ४९ बजे

तस्बिरमा हेर्नुहोस्, जनकपुर र चितवनको प्रतिस्पर्धा 

काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ– हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन गरिएको छ ।

न्यायाधीश जलाउन उक्साउने शर्मालाई कांग्रेसमा छुट !

काठमाडौं – केही दिन अगाडि नेपाली कांग्रेसका नेता डा. सुनिल

विराटनगर दुग्ध वितरण आयोजनाले पुनः सुरु गर्‍यो पाउडर दूध उत्पादन

काठमाडौं– विराटनगरमा दूध संकलन भएसँगै स्थिर आपूर्ति व्यवस्थापनका उद्देश्यका साथ

१३ सय ५५ मध्ये ४५ खेलाडीको आधार मूल्य २ करोड, क्यामरुन ग्रीन सबैभन्दा चर्चित

नयाँदिल्ली- इन्डियन प्रिमियर (आईपीएल) २०२६ को लिलामीले आगामी सिजनमा कुन