ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ? | Khabarhub Khabarhub

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक आइतबार सम्पादकहरूसँग संवादमा आएका छन् ।

उनले काठमाडौंको कोटेश्वरस्थित एक पार्टी प्यालेसमा सम्पादकहरूसँग संवाद गरेका हुन् ।

उनले भदौ २४ गते भएको देशव्यापी विध्वंशमा केही सञ्चारमाध्यम र सम्पादकहरूको पनि हात रहेको बताएका छन् । उनले त्यस विध्वंशलाई लिएर सम्पादकहरूले पनि आत्मआलोचित गर्नुपर्ने बताए ।

‘अरूले आत्मआलोचना गरे, सम्पादकज्यूहरूले पनि आत्मआलोचना गर्नु भयो होला’, उनले भने, ‘जसले विध्वंशको जग निर्माणमा पहल गर्नुभएको थियो, उहाँहरूले आत्मआलोचना गर्नु भयो कि गर्नु भएन होला ?’

उनले आफूलाई दम्भ र अहंकार भएको व्यक्तिका रुपमा चित्रित गरिएकोमा चित्त दुखाए । ‘पक्कै पनि हेर त दम्भ, हेर त अहंकार भन्नु हुन्छ तपाईंहरू’, उनले भने, ‘यो मेरो अहंकार होइन, म सत्य बोल्छु ’

उनले भदौ २३ र २४ गतेको आन्दोलनमा युवा र विद्यार्थीहरूलाई प्रयोग गरिएको बताए । ‘जेन-जीहरू भ्रममा पारिए, धोकामा पारियो । जेजे भए पनि उनीहरू आन्दोलनमा उत्रिए’, उनले भने, ‘मैले आफैं पनि भ्रष्टाचार नियन्त्रण र सुशासनमा बल गरिरहेको थिएँ ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  २ : ५९ बजे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज

इन्जुरी समयमा गोल गर्दै पिएसजीले निकाल्यो लियोनविरुद्ध सनसनीपूर्ण जित

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी)ले खेलको इन्जुरी समयको अन्तिम

ला लिगा – शीर्ष स्थानको रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड

पाँच वर्षमा ६ पटक म्याद थपिएपछि सडक कालोपत्र गरिँदै

बागलुङ– निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको बागलुङको काठेखोला गाउँपालिका– ७