ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन « Khabarhub

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई आफूले बेठिक नभएको बताएका छन् ।

आइतबार सम्पादकहरूसँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । आफूलाई जेन-जीहरूको मागबारे प्रष्ट थाहा भएको पनि बताएका छन् ।

‘जेन-जीहरूका मागमध्ये भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र बन्द भएका सामाजिक सञ्जाल खोल्नुपर्छ भन्ने थियो’, उनले भने, ‘उहाँहरूले प्रधानमन्त्रीको राजीनामाको माग पनि गर्नु भएको थिएन । उहाँहरूका तीनवटा माग थिए, मलाई राम्रो हेक्का छ । म तिनै कुराका लागि लडिरहेको थिएँ ।’

उनले सामाजिक सञ्जाल अचानक बन्द गरियो भनिएको कुरालाई खण्डन गर्दै डेढ वर्षदेखि प्रयास भएको खुलाए ।

‘डेढ वर्षदेखि ती सामाजिक सञ्जाल दर्ता हुनुपर्छ भनेर मौखिक र लिखत पत्र पठाएका थियौँ । टिकटक बन्द गर्‍यौँ तर उसले नियम मान्छु भन्यो अनि खोल्यौँ’, उनले भने, ‘जसले मानेन, कर तिर्दिनँ, हिसाब देखाउँदिन, दर्ता गर्दिनँ भन्छ, तिमीहरूको कानुन मान्दिनँ भन्छ भने किन हामीले हाम्रो कानुन लगाउन नपाउने ? हरेक राष्ट्रको स्वाभिमान हुन्छ ।’

उनले युवाहरूको विरोध नगरेको बताएका छन् । ‘मैले जेन-जीनको नाममा भएको आन्दोलन बेठिक छ भनेको छैन’, उनले भने, ‘आन्दोलनका नाममा भटभटे मोटरासइकलवालाको एउटा टिम छ । टीओबी लगायतकाहरू अहिले देखिँदैछन् । यो आन्दोलनको पृष्ठभूमिमा रहेकाहरू विस्तारै बाहिर आउँदैछन् ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ०९ बजे

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न

हिउँदे बर्सातले किसानमा खुसी

भोजपुर– लामो समयको खडेरीपछि परेको हिउँदे बर्सातले भोजपुरका किसानमा उत्साह

एन्फा राष्ट्रिय लिगमा लालीगुराँसको जित

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा लालीगुराँस एसोसिएसन क्लबले चित्लाङ