कैलाली ट्याक्टर दुर्घटना : घाइतेको सनाखत « Khabarhub

कैलाली ट्याक्टर दुर्घटना : घाइतेको सनाखत


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लम्की– कैलालीमा मलामी जाँदै गरेको ट्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बर्दगोरिया गाउँपालिका–४ का ३५ वर्षीय हर्क साउद, १६ वर्षीय शीतल साउद र सोही ठाउँका ६४ वर्षीय दानबहादुर साउद रहेका छन् । 

इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहका अनुसार दुर्घटनामा परी घाइते भएका १२ जनाको सनाखत भएको छ । 

घाइते हुनेमा बर्दगोरिया गाउँपालिका–४ का २१ वर्षीय तपेन्द्र साउद, १४ वर्षीय रविन साउद, १५ वर्षीय एति साउद, ४५ वर्षी सिङ्गे साउद, ५० वर्षीय भीमबहादुर रोकाया, ४५ वर्षीय रुद्रलाल न्यौपाने, ७५ वर्षीय नौले साउद, १८ वर्षीय आयुश साउद, १८ वर्षीय आयुश साउद, १६ वर्षीय शाशिष साउद, १६ वर्षीय रोहित साउद, १२ वर्षीय आरुश साउद र १८ वर्षीय रुपक बोहोरा रहेका छन् ।  

प्रहरीका अनुसार बर्दगोरिया गाउँपालिका–४ चमेलीपुरका ७४ वर्षीय हर्क साउदको मलामी बोकी लम्कीचुहा–३ चिसापानीस्थित कर्णाली नदीमा जाँदै गरेको सु प प्र ०१००२ त ४९९१ नं को ट्याक्टर लम्कीको धोबेनी खोला नजिक दुर्घटना भएको हो । 

घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ३६ बजे

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार