भदौ २४ मा बालुवाटार छाडेपछि ओलीले राष्ट्रपतिलाई के सिफारिस गरेका थिए ? « Khabarhub

भदौ २४ मा बालुवाटार छाडेपछि ओलीले राष्ट्रपतिलाई के सिफारिस गरेका थिए ?


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते नेपाली सेनाको हेलिकप्टरमा सरकारी निवास बालुवाटार छाडेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई गरेको सिफारिस अझै रहस्यको गर्भमा छ ।

तर शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन ओलीले पठाएको पत्र आफूले पढेको दाबी गरेका थिए ।

पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेपछि ओलीले आइतबार जवाफ फर्काएका छन् ।

कार्की केपी ओलीकै सिफारिसमा प्रधानमन्त्री भएको दाबी यसअघि पनि प्रचण्डले गरिरहेका थिए । तर प्रचण्डले भने जस्तो पत्र आफूले राष्ट्रपति पौडेलसमक्ष नपठाएको दाबी ओलीले गरेका छन् ।

ओलीले कार्की नेतृत्वको अन्तरिम सरकार संविधान अन्तर्गत नबनेको बताए । उनले प्रचण्डले आफ्नो सिफारिसबारेमा पटक पटक झूट बोलेको पनि बताएका छन् ।

‘प्रचण्डले भयानक झुटो कुरा बोले । केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको छैन’, उनले भने, ‘त्यसबेला राष्ट्रपतिले कसैको सिफारिसबिना काम गर्न गाह्रो हुन्छ भन्नु भयो । उहाँले उपयुक्त निकास लिन गाह्रो हुन्छ भने भनेपछि मैले मानेर एउटा सिफारिस गरेको हुँ ।’

उनले उक्त सिफारिसको भाषा पनि आइतबार सम्पादकहरूसँगको छलफलमा सुनाएका छन् । आफूले पठाएको पत्र शीतल निवासमा रहेको र एक दिन सार्वजनिक हुने पनि बताएका छन् ।

ओलीकै भाषामा यस्तो थियो सिफारिस

‘वर्तमान असहज, असाधारण अवस्था उतपन्न भएको परिस्थितिमा परिस्थितिालाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी शान्तिपूर्ण परिस्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले यसको समाधान संविधान र लोकतान्त्रिक प्रणाली प्रक्रियाभित्रबाटै खोज्नका लागि सम्मानीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुाले संविधानभित्रबाटै अहिलेको पररिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु ।’

उनले त्ससबेला आफू संविधान र संसद् चलाउन नहुने पनि बताएको स्मरण गराए । ‘संविधान र संसद् चलाउनु हुँदैन भन्ने कुरामा राष्ट्रपति र म कामचलाउ प्रधानमन्त्री र प्रधानसेनापति उपस्थित भएको ठाउँमा मेरो प्रस्ताव यही थियो’, उनले भने, ‘त्यहीअनुसार यो सिफारिस मैले गरेको हो । मैले संसद् बाहिरबाट प्रधानमन्त्री खोज्नु हुँदैन भनेको थिइनँ ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ३७ बजे

करेन्ट लागेर एक महिलाको मृत्यु

कञ्चनपुर– बेलौरी नगरपालिका–७ पौलाहमा करेन्ट लागेर आज एक महिलाको मृत्यु

अशोक राई एमालेतिर जान लागेपछि जसपामा किचलो, रेणुसहित यी नेता उपेन्द्रको पार्टीमा फर्किँदै

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेकपा एमालेसँग एकता

झापाका भित्री सडकमा ‘पेभर्स’ राख्ने क्रम बढ्दै

बनियानी– झापा जिल्लाको भित्री सडकहरुमा ‘पेभर्र्स’ राख्ने क्रम बढ्दै गएको छ ।

वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक क्याम्पसहरूको

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको