भदौ २४ मा बालुवाटार छाडेपछि ओलीले राष्ट्रपतिलाई के सिफारिस गरेका थिए ? « Khabarhub

भदौ २४ मा बालुवाटार छाडेपछि ओलीले राष्ट्रपतिलाई के सिफारिस गरेका थिए ?


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते नेपाली सेनाको हेलिकप्टरमा सरकारी निवास बालुवाटार छाडेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई गरेको सिफारिस अझै रहस्यको गर्भमा छ ।

तर शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन ओलीले पठाएको पत्र आफूले पढेको दाबी गरेका थिए ।

पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेपछि ओलीले आइतबार जवाफ फर्काएका छन् ।

कार्की केपी ओलीकै सिफारिसमा प्रधानमन्त्री भएको दाबी यसअघि पनि प्रचण्डले गरिरहेका थिए । तर प्रचण्डले भने जस्तो पत्र आफूले राष्ट्रपति पौडेलसमक्ष नपठाएको दाबी ओलीले गरेका छन् ।

ओलीले कार्की नेतृत्वको अन्तरिम सरकार संविधान अन्तर्गत नबनेको बताए । उनले प्रचण्डले आफ्नो सिफारिसबारेमा पटक पटक झूट बोलेको पनि बताएका छन् ।

‘प्रचण्डले भयानक झुटो कुरा बोले । केपी ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेको छैन’, उनले भने, ‘त्यसबेला राष्ट्रपतिले कसैको सिफारिसबिना काम गर्न गाह्रो हुन्छ भन्नु भयो । उहाँले उपयुक्त निकास लिन गाह्रो हुन्छ भने भनेपछि मैले मानेर एउटा सिफारिस गरेको हुँ ।’

उनले उक्त सिफारिसको भाषा पनि आइतबार सम्पादकहरूसँगको छलफलमा सुनाएका छन् । आफूले पठाएको पत्र शीतल निवासमा रहेको र एक दिन सार्वजनिक हुने पनि बताएका छन् ।

ओलीकै भाषामा यस्तो थियो सिफारिस

‘वर्तमान असहज, असाधारण अवस्था उतपन्न भएको परिस्थितिमा परिस्थितिालाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी शान्तिपूर्ण परिस्थितिमा फर्काउनुपर्ने आवश्यकता भएकाले यसको समाधान संविधान र लोकतान्त्रिक प्रणाली प्रक्रियाभित्रबाटै खोज्नका लागि सम्मानीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुाले संविधानभित्रबाटै अहिलेको पररिस्थितिको उपयुक्त निकासका लागि आवश्यक कदम चाल्न सिफारिस गर्दछु ।’

उनले त्ससबेला आफू संविधान र संसद् चलाउन नहुने पनि बताएको स्मरण गराए । ‘संविधान र संसद् चलाउनु हुँदैन भन्ने कुरामा राष्ट्रपति र म कामचलाउ प्रधानमन्त्री र प्रधानसेनापति उपस्थित भएको ठाउँमा मेरो प्रस्ताव यही थियो’, उनले भने, ‘त्यहीअनुसार यो सिफारिस मैले गरेको हो । मैले संसद् बाहिरबाट प्रधानमन्त्री खोज्नु हुँदैन भनेको थिइनँ ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : ३७ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका