शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न « Khabarhub

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री शिवरतन शारडाको अध्यक्षतामा आइतबार सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयर धनीहरूलाई ११ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने लगायत सभा समक्ष प्रस्तुत सबै प्रस्तावहरू एकमतले पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

श्री शिवम् होल्डिङ्स लिमिटेड, नेपालमा सर्वाधिक रुचाइएको शिवम् ब्रान्डको ओपीसी. सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेडको ८५ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनी हो । बाँकी १५ प्रतिशत शेयर नेपालका विभिन्न क्षेत्रमा सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ  ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ देखि लगातार चौथो पटक (२०८१/०८२ सम्म) शेयर धनीहरूलाई लाभांश वितरण गर्दै आएको छ। कम्पनीको हालको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । 

साथै, कम्पनीले २० प्रतिशत बराबरको १ अर्ब १६ करोड रुपैयाँ मूल्यका शेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको जनाएको छ । 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ४ : ४१ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण