अक्टोबर ७ का ‘नायक’ विपिनको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू) « Khabarhub

अक्टोबर ७ का ‘नायक’ विपिनको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू)

पार्थिव शरीर अब नेपालतिर


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- हमासको कब्जामा रहेर ज्यान गुमाएका नेपाली बन्धक विपिन जोशीको पार्थिव शरीर नेपाल पठाइएको छ।

इजरायलको बेन गुरियन विमानस्थलमा आइतबार इजरायली विदेश मन्त्रालयले उनलाई बिदाइ समारोहबीच श्रद्धाञ्जलि अर्पण गरेको हो।

२३ वर्षीय जोशीले २०२३ अक्टोबर ७ का दिन हमास आतङ्ककारीको आक्रमणका क्रममा किब्बुट्ज अलुमिममा साथीहरूलाई जोगाउने प्रयास गर्दै वीरता प्रदर्शन गरेका थिए।

उनले आक्रमणको बेला ग्रिनेड आएपछि त्यसलाई हटाएर धेरैजनाको ज्यान बचाएका थिए। त्यसपछि उनलाई हमासले अपहरण गरी गाजामा लगेको थियो।

जोशी इजरायलमा माशाभ अन्तर्गतको अन्तर्राष्ट्रिय कृषि तालिम कार्यक्रममा सहभागी विद्यार्थीका रूपमा आएका थिए। उनी करिब तीन साताअघि मात्र सुन्तला र कागतीबारीको हेरचाहका लागि पठाइएका थिए।

बिदाइ कार्यक्रममा किब्बुट्ज अलुमिमका बासिन्दा, स्डोट हानेगेभ क्षेत्रीय परिषदका प्रतिनिधि, नेपाली राजदूतावासका अधिकारीहरू, माशावकी प्रमुख एइनात श्लाइन तथा परराष्ट्र मन्त्रालयका अन्य उच्च अधिकारी सहभागी थिए।

सरकारका बन्धक मामिला संयोजक गल हिर्शले बिपिनको सम्झनामा दीप प्रज्वलन गर्दै भने, ‘माफी चाहन्छु। यो अन्त्य यति दु:खद हुनुपर्ने थिएन।’

हिर्शले बिपिनप्रति श्रद्धा प्रकट गर्दै थपे, ‘विपिन सिक्न इजरायल आएका थिए । अब हामी उनलाई पीडा र दुःखसहित घर फर्काइरहेका छौँ। उनी सक्षम विद्यार्थी, असाधारण व्यक्ति र साहसी नायक थिए। उनले जीवनको अन्तिम क्षणसम्म संघर्ष गरेर अरूको ज्यान बचाए।’

इजरायली सेनाले अक्टोबर १३ मा गाजामा फेला परेका गाइ इलाउज, विपिन जोशी, योसी शाराबी र क्याप्टेन डानियल पेरेजको शवलाई सलामीसहित इजरायलमा ल्याएको थियो।

जोशीका परिवारले पछिल्ला महिनाहरूमा इजरायल पुगेर उनको मुक्तिको प्रयास गरेका थिए। उनीहरूका अनुसार, विपिनले अपहरण हुनुअघि आफ्ना दाजुलाई अंग्रेजीमा सन्देश पठाएका थिए । ‘यदि मलाई केही भएमा मेरो परिवारको हेरचाह गर्नु। बलियो रहनु र सधैँ भविष्य हेर्नू’, उनले भनेका थिए ।

अक्टोबर ७ का दिन बंकरमा लुकेका बेला विपिन र उनका साथीहरूले ‘बंकर टाइम’ लेखेर फेसबुकमा सेल्फीसमेत अपलोड गरेका थिए।

तर केही मिनेटमै हमासले बंकरमा प्रवेश गरी दुई विद्यार्थीको हत्या गरेका थिए, त्यसबेला दुईवटा ग्रिनेड फ्याँकेका थिए। विपिनले एउटा ग्रिनेड हटाएर अरूको ज्यान जोगाए, तर अर्को विस्फोट हुँदा केही विद्यार्थी घाइते भए।

घटनापछि केही थाई र नेपाली विद्यार्थी अन्यत्र लुके, जबकि विपिन घाइतेहरूलाई उद्धार गर्ने प्रयासमा रहे। त्यसै क्रममा उनलाई र तीन थाई कामदारलाई हमासले अपहरण गर्‍यो।

उनको जीवित अवस्थाबारे मे महिनासम्म पनि अनिश्चितता थियो। परिवारले आशा छोडेका थिएनन्, तर गत हप्तामात्रै इजरायल–हमासबीचको युद्धविराम र बन्धक सटही सम्झौताअन्तर्गत विपिनको शव फिर्ता आएको हो। अब उनका परिवारजन नेपालमा बिपिनको पार्थिव शरीरको आगमन प्रतीक्षामा छन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ५ : १३ बजे

रविविरुद्धका सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णयप्रति युवा संघको आपत्ति 

काठमाडौं– एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र

कांग्रेस देउवा पक्षका नेताहरू बैठकका लागि सानेपामा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठक सुरु

प्राकृतिक सुन्दरताले भरिएको ‘मकालु पदमार्ग’ (तस्बिरहरू)

सङ्खुवासभा– प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै ध्यान मग्न भएर शान्त पदमार्गमा

जेष्ठ प्राध्यापक अमात्य र थापाललाई ‘तीर्थानन्द वैद्य मेमोरियल लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौं– नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजले दुई

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज