‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’ « Khabarhub

‘महाकवि देवकोटा सङ्ग्रहालयलाई सरकारले सञ्चालन गर्नुपर्छ’


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरमा बनाइएको सङ्ग्रहालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नै सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।

महाकवि देवकोटाको ११७औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले आइतबार मैतीदेवीस्थित सङ्ग्रहालयमा आयोजना गरेको व्यक्तित्व चर्चा तथा कविता वाचन कार्यक्रममा कुलपति भूपाल राईले मन्त्रालयले सञ्चालन गरेमा यसको गरिमा बढ्ने बताएका हुन् । 

२०७९ सालमा लक्ष्मी जयन्तीकै अवसर पारेर सङ्ग्रहालय शुभारम्भ गरिए पनि अझै धेरैले यसका बारेमा जानकारी नपाएको उनले सुनाए ।

उनले भने, ‘यो अझै सङ्ग्रहालय भइसकेको छैन, सङ्ग्रहालय हुन जस्तो छ, त्यस्तै बनाइनुपर्ने थियो, तर त्यस्तो बनाइएन, म यो घरमा २०३८, २०३९ सालतिर आएको थिएँ, त्यसबेला भएजस्तो घर यो रहेन, डिल्लीरमण रेग्मी पुस्तकालय शिक्षा मन्त्रालयले नै चलाएजस्तै यो पनि संस्कृति मन्त्रालयले चलाउनुपर्छ ।’ 

नेपालमा सङ्ग्रहालय बुझ्ने सांस्कृतिक चेतना नहुँदा पनि अप्ठ्यारो भएको उनले सुनाए । सङ्ग्रहालय बुझ्ने गरी सांस्कृतिक चेतना फैल्याउनुपर्ने कुलपति राईको भनाइ छ । लक्ष्मी जयन्तीमा पहिलोपटक राजवंशी भाषाको पनि कविता वाचन गरेर बहुभाषिक कार्यक्रम गरिएको प्रतिष्ठानले जनाएको छ ।

महाकवि देवकोटाका सुपुत्र प्रा डा पद्मप्रसाद देवकोटाले लक्ष्मीप्रसाद देवकोटाले कवितामा प्रयोग गर्ने मिथकमा आफूले आध्यात्मिकता पाएको बताए । महाकवि देवकोटामा कल्पना, भाषाको प्रयोग र दूरदर्शिताको क्षमता आफूले पाएको पनि उनले स्मरण गरे । 

महाकवि देवकोटाका बारेमा अवधारणापत्र प्रस्तुत गर्दै डा बालकृष्ण अधिकारीले निधन भएपछि पनि धेरैले मनदेखि श्रद्धा गरेका व्यक्तित्वका रूपमा आफूले लक्ष्मीप्रसादलाई पाएको बताए । 

महाकवि देवकोटाका बारेमा दर्जन बढी व्यक्तिले विद्यावारिधि शोध तयार पारेको उनले सुनाए । लक्ष्मीप्रसाद देवकोटाले नै नेपालमा पहिलो मौलिक महाकाव्य शाकुन्तलको रचना गरेका थिए । 

अवधारणा पत्रमाथि टिप्पणी गर्दै समालोचक सुधा मैनालीले महाकवि देवकोटा विश्व साहित्यमा नै योगदान गरेका व्यक्तित्वका रूपमा दर्ज भएको बताइन् । 

सो अवसरमा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवं काव्य विभाग प्रमुख बाबा बस्नेतले साहित्य संस्कृतिको अभिव्यक्तिका रूपमा रहेको बताए । कार्यक्रममा कवि एवं कवयित्रीहरु प्रभा भट्टराई, मनोज न्यौपाने, समिरन चालिसे, सानु गुल्मेली, शोभा दुलाल, मिसन अधिकारी, मिथोच, उषा शेरचन, अञ्जु राजवंशी, सन्तोष श्रेष्ठलगायतले कविता, गजल, गीतलगायत रचना वाचन गरेका थिए ।
 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : १४ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी