बानेश्वर बृत्तका प्रहरीको बर्दी खोलेर खोलामा धकेल्ने व्यक्तिले लुटेका थिए एसएलआर « Khabarhub

बानेश्वर बृत्तका प्रहरीको बर्दी खोलेर खोलामा धकेल्ने व्यक्तिले लुटेका थिए एसएलआर

त्यसअघि नै खेपिरहेका थिए दुईवटा मुद्दा


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा खटिएका प्रहरीमाथि आक्रमण गरी हतियार लुटपाटमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–१ घर भई हाल काठमाडौं–३२ जडीबुटी बस्ने ४८ वर्षीय गौतम घिसिङ छन्।

घिसिङले भदौ २४ गते भएको प्रदर्शनका क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गरेका थिए। उनले बानेश्वर बृत्तबाट प्रहरीको एक थान एसएलआर राइफल लुटेर लगेको भिडियो र फोटो भाइरल भएको थियो ।

त्यसक्रममा उनले प्रहरीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने, बागमती खोलामा कुटपिट गर्ने र हतियार तथा गोलीगठ्ठा लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव सम्बन्धी कसुरमा उनलाई आठ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ।

प्रहरीका अनुसार, घिसिङ यसअघि पनि २०७९ असोज ४ र फागुन १० गते प्रहरी वृत्त गौशालामा बैंकिङ कसुरका दुईवटा मुद्दामा फरार अभियुक्त रहेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ परेका घिसिङमाथि अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : ४९ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको