इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप « Khabarhub

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

गाजा – हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा इजरायली सेनाले यस क्षेत्रको दक्षिणमा हवाई आक्रमण गरेको इजरायली सेनाले बताएको छ ।

यद्यपि हमासले युद्धविरामको पालना गरेको दाबी गरेको छ । हमासका अधिकारीले इजरायलले आक्रमण पुनः सुरु गर्न ‘बहाना’ बनाएको आरोप लगाएका छन्।

हमास र इजरायलबीच आक्रमणको आरोप प्रत्यारोप लगाइरहँदा गाजा युद्ध रोक्न नौ दिन पहिले गरिएको युद्धविरामलाई दुबै पक्षले यदाकदा उल्लङ्घन गरेका देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सुरक्षा फौजलाई गाजा पट्टीमा रहेका आतङ्कवादी लक्ष्यविरुद्ध कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा अक्टोबर १० देखि लागू भएको प्यालेस्टाइन क्षेत्रमा भएको युद्धविरामले इजरायल र हमासबीच दुई वर्षभन्दा बढी समयदेखि जारी विनाशकारी युद्ध रोकेको छ। सम्झौताले बन्धक र कैदी आदानप्रदान गर्ने सहमति अनुप नै दुबै पक्षबाट बन्धी आदानप्रदान गरेका छन् ।

इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज बिहान आतङ्कवादीहरूले एन्टी ट्याङ्क मिसाइलहरू प्रहार गरेका र सम्झौताका सर्तहरू अनुसार राफा क्षेत्रमा आतङ्कवादी पूर्वाधारहरू नष्ट गर्न सक्रिय आइडिएफ सेनामाथि गोली चलाएका छन्।”

“आइडिएफले राफा क्षेत्रलाई लक्षित गर्दै लडाकू विमान र तोपखानाको प्रयोग गरी जवाफ दिएको छ,” विज्ञप्तिमा भनिएको छ। यसअघि इजरायली सेनाका एक अधिकारीले हमासका लडाकुहरूले इजरायलको नियन्त्रणमा रहेको इलाकामा रहेका सेनामाथि ‘धेरै आक्रमण’ गरेको बताएका थिए।

प्यालेस्टिनी प्रत्यक्षदर्शीका अनुसार इजरायलको नियन्त्रणमा रहेको दक्षिणी शहर राफामा झडप भएको थियो ।

नाम उल्लेख नगर्ने सर्तमा एक ३८ वर्षीय प्रत्यक्षदर्शीले भने, “हमास र अबु शबाब भनेर चिनिने स्थानीय प्यालेस्टिनी समूहबीच लडाइ भइरहेको समय ‘इजरायली सेनाको ट्याङ्क’को उपस्थितिबाट हमासअ लडाकू छक्क परेका थिए।”

उनले भने, “इजरायली वायुसेनाले दुई पटक हवाई आक्रमण गरेको थियो ।” प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सरकारका मन्त्रीहरूसँग बैठक गरेपछि झडप सुरु होे। केही मन्त्रीहरूले इजरायली सेनालाई प्यालेस्टाइनी लडाकू समूहविरुद्ध युद्ध पुनः सुरु गर्न आह्वान गरेपछि आक्रमण सुरु भएको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ८ : १३ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस