रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ « Khabarhub

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आफ्नो घडीको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ताप्लेजुङ भ्रमणका क्रममा उपहारस्वरूप पाएको रोलेक्स घडी उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै रमाइलो शैलीमा अनुभव बाँडेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनुभयो। मैले लगाएर हिँडेको भए त बर्वादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ।’

उनले उक्त घडी तुरुत्त नबेच्ने पनि जानकारी दिएका छन् । उनी लेख्छन्, ‘तीन वर्षपहिला पनि युकेमा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुकमै राखेर बेचिदिएको थिएँ। तर यो अहिलेको घडी तुरुन्तै बेच्दिनँ। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ८ : ३९ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर